मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नव निर्वाचित अकोराव सुदूरपश्चिम प्रदेश समितीको पहिलो बैठक सम्पन्न

नव निर्वाचित अकोराव सुदूरपश्चिम प्रदेश समितीको पहिलो बैठक सम्पन्न


धनगढीमा सम्पन्न सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को आठौं अधिवेशन बाट निर्वाचित सुदूरपश्चिम प्रदेश समितीको आज भएको  पहिलो बैठकले बिभिन्न निर्णयहरू गरेको छ।

प्रदेश समितिका अध्यक्ष वेदप्रकाश तिमिल्सैनाको अध्यक्षतामा धनगढीमा भएको बैठकले निवर्तमान प्रदेश समितीलाई धन्यवाद ज्ञापन गर्दै, संगठनका पूर्व नेता र अनुभवी व्यक्तित्वहरूलाई सल्लाहकारका रूपमा चयन गरेको छ।

सल्लाहकारमा पूर्व केन्द्रीय उपाध्यक्ष मिनबहादुर सिंह, पूर्व महासचिव खेम भण्डारी, पूर्व प्रदेश संयोजक दिर्घराज उपाध्याय, निवर्तमान प्रदेश अध्यक्ष जगत खड्का, निवर्तमान केन्द्रीय सदस्य केशबराज भट्ट, सामुदायिक रेडियो अभियानका पुराना हस्ती विनोद कुमार थापा र एकिन्द्र तिमिल्सैना लाइ चयन गरेको छ ।

यसका साथै,  रेडियो पश्चिम आवाज लम्की कैलालीका  युवराज नेउपानेलाई समितीको सदस्य र रेडियो रामारोशन ठुलासैन अछामका कृष्ण बहादुर बुढालाई लेखासमिति सदस्यको रूपमा मनोनीत गर्ने निर्णय गरिएको छ।

प्रदेश समितीले प्रदेशको मुख्यालय धनगढीमा कार्यालय स्थापना गर्ने पनि निर्णय गरेको छ, जसले संगठनको क्रियाकलापलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।