मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदकाे भैरवस्थानमा विद्युत प्रसारणकाे उद्घाटन

तुर्माखाँदकाे भैरवस्थानमा विद्युत प्रसारणकाे उद्घाटन

तुर्माखाँदका सबै वडामा राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने काम तिब्र गतिमा


अछाम : जिल्लाको विकट पूर्वी क्षेत्रमा रहेको तुर्माखाद गाउँपालिकाका विभिन्न वडाहरूमा विद्युतको राष्ट्रिय प्रसारण लाइन विस्तार गर्ने काम भइरहेको छ । जस अन्तर्गत वडा नं ३ भैरवस्थानमा राष्ट्रिय प्रसारण लाइन बाट बिद्युत प्रसारण भएसँगै मङ्गलबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हाे ।

वडा नम्बर ३ का वडा अध्यक्ष काँसीराम बुढाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसी प्रमुख अतिथि रहेका थिए । तुर्माखाँद भित्रका दुरदराज गाउँ हरू उज्यालो बनाउन आफू लागिपरेकाे उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा विद्युत प्राधिकरण अछामका कार्यालय प्रमुख हिक्मत बहादुर बुढाले तुर्माखातको भैरवस्थानसम्म राष्ट्रिय प्रसारण लाइन पुर्‍याउनका लागि करिब ९१ लाखभन्दा बढी खर्च भइसकेको बताए । मट्टीतेल र चाेइलाकाे सहाराले उज्यालो बाल्दै आफ्नो विगतको तिताे इतिहास स्मरण गर्दै उनले अहलेकाे पुस्ता भाग्यमानी भएको उल्लेख गरे । तुर्माखाँदका स्थानीय समेत रहेका बुढा कार्यालय प्रमुख भएर आफ्नै गाउँमा प्रसारण लाइनको विद्युत प्रवाह उद्घाटन गर्न पुग्दा उनले खुसी व्यक्त गरेका छन् ।

तुर्माखादमा राष्ट्रिय प्रसारण लाइन विस्तारसँगै विद्युत प्रवाह हुन थालेपछि स्थानीयहरू खुसी भएका छन्।