मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसद शाहको पहलमा अछामका नागरिकको केएमसी अस्पतालमा निःशुल्क उपचार हुने

सांसद शाहको पहलमा अछामका नागरिकको केएमसी अस्पतालमा निःशुल्क उपचार हुने


अछाम । अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य माननीय पुष्पबहादुर शाहले निःशुल्क उपचार सेवा लिन अछामी नागरिकलाई अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै काठमाडौँ सिनामंगलमा रहेको केएमसि अस्पतालमा आफ्नो पहलमा निःशुल्क उपचार गरिने जानकारी दिएका छन् ।

केएमसि अस्पतालका अध्यक्ष प्रतिनिधि सभा सदस्य माननीय डा: सुनिल शर्माको सहयोग तथा सांसद शाहको समन्वयमा अछामका नागरिकलाई निःशुल्क उपचार गरिने भएको छ । अस्पताल व्यवस्थापनका अनुसार कलेजो प्रत्यारोपण र क्यान्सर रोगको किमो थेरापी बाहेकका सबै रोगहरूको उपचार गरिनेछ ।

त्यसका लागि माननीय पुष्पबहादुर शाहको सिफारिस तथा अछामका स्थानीय तहको सिफारिस हुनुपर्नेछ ।

अस्पतालका अनुसार उपचार गर्न जाने बिरामीले कार्तिक ७ गते भित्र अस्पतालमा भर्ना हुनुपर्नेछ । बिरामीले जान आउन र खाना बस्नको व्यवस्थापन आफैले गर्नुपर्नेछ ।

सामान्य देखि जटिल प्रकारका रोगको अप्रेसन तथा उपचार निःशुल्क हुने सांसद शाहको भनाई छ । 

https://www.facebook.com/sudooraaja/videos/529411773031153