मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

६९औं प्रहरी दिवस २०८१ – अछाममा विभिन्न व्यक्तिलाई सम्मान

६९औं प्रहरी दिवस २०८१ – अछाममा विभिन्न व्यक्तिलाई सम्मान


अछाम : ६९औं प्रहरी दिवस २०८१  जिल्ला प्रहरी कार्यालय अछामले  विशेष कार्यक्रमको आयोजना गरि मनाएको छ ।  जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा कार्यक्रमको आयोजना गरि दिवस मनाईएको हो ।

दिवसको अवसरमा जिल्ला स्थिति विभिन्न प्रहरी युनिट बीच भएका विभिद खेलकुद कार्यक्रममा प्रथम ,दृतिय र तृतीय हुने खेलाडी, उत्कृष्ट प्रहरी कर्मचारी, जग्गा दाता, अम्मर प्रहरी परिवारका सदस्य, भुपु प्रहरीलाई अतुलनीय सहयोग गर्ने विभिन्न क्षेत्रका महानुभावलाई कार्यक्रममा सम्मान गरिएको थियोे ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा गोरख वक्सका गणपति संगम अधिकारी, अछाम जिल्ला अदालतका श्रेष्तादार उपसचिव राईभान कुनजेडा, सामुदायिक प्रहरीका जिल्ला अध्यक्ष बृख वहादुर बोगटी, पत्रकार महासंघ अछामका पुर्व अध्यक्ष जनक भण्डारी लगाएतले शुभकामना मनत्बय राखेका थिए ।

कार्यक्रममा साफेबगर नगरपालिकाका निर्वतमान उप प्रमुख विमला बुड्थापा, स्वास्थ्य कार्यालय अछामका प्रमुख झनक ढुंगाना, कोष तथा लेखा नियन्त्रक प्रमुख, अनुसन्धान अधिकृत, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, उधोग बाणिज्य संघ अछामका उपाध्यक्ष यज्ञ ढुंगाना, र्निमाण व्यावसायि संघका अध्यक्ष दिर्घ ठकुल्ला, साँफेबगर हाटबजार ब्यबस्थापन समितिका अध्ययक्ष राम बहादुर कुँवर, सामुदायिक प्रहरीका पुर्व जिल्ला अध्यक्ष माना भण्डारी, जेसिस अछामका अध्यक्ष फलेन्द्र उपाध्याय, पत्रकार, भुतपुर्व प्रहरी, अमर प्रहरी परिवारका सदस्य, प्रहरी कर्मचारी लगाएतको सहभागी ता रहेको थियोे ।

अम्मर प्रहरीको सालिकमा माल्यारपण सहित संचालन भएको कार्यक्रमको संचालन ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हर्शबहादुर चन्दले गरेका थिए ।