मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनताको हित र ग्रामीण क्षेत्र विकासका लागि सक्रिय छु : सांसद शाह

जनताको हित र ग्रामीण क्षेत्र विकासका लागि सक्रिय छु : सांसद शाह


अछाम : ट्रान्सफर्म नेपालको आयोजनामा बडा दशै तथा शुभदिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।

शुभकामना आर्दान प्रदान कार्यक्रम नेपाली कांग्रेस अछााका सभापति संघिय माननीय पुष्प बहादुर शाह प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथिको आसनबाट बोल्दै माननिय पुष्प बहादुर शाहले जनताको हित र ग्रामीण क्षेत्र विकासका लागि आफु निरन्तर लागि रहेको बताए ।

जिल्ला र आफनो निर्वाचन क्षेत्रको समग्र विकास र जलदाबलदा समस्या समाधान गर्न आफू प्रयत्नशील रहेको बताएका हुन। जनताको हितहुने खालको काम गर्न सबैतहका जनप्रतिनिधिहरुले लाग्नु पर्नेमा उनको जोड थियो ।

एक अर्को प्रशंगमा बल्दै सांसद शाहले पार्टी संगठन बलियो बनाउन सबै नेता कार्यक्रताले साझा धारणा र एक मतका साथ लाग्नुपर्ने बताए । अछाम दरबार निर्माण, जंगलघाट पुलनिर्माण, चिसापानी जंगलघाट गैरिटाड सड्क निर्माणमा प्रभावकारी भूमिका खेलको उनले बताए ।

राष्ट्रिय विधुत लाईन नपुगेका सबै वडा तहमा लाईन विस्तार र विधुत प्रवाह, निर्माण भएका विमानस्थलको संचालन, स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा र स्तरबृद्धिका लागि आफू निरन्तर खटिरहेको र सम्बन्धित निकायमा धाईरहको बताए ।

जेष्ठ सदस्य कपुरे बुढाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस अछामका नेता महा समिति सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमितिका पदाधिकारी सदस्य, निर्वाचन क्षेत्र प्रदेश समितिका पदाधिकारी सदस्य, नगर कार्यसमितिका पदाधिकारी सदस्य, वडा कार्यसमितिका पदाधिकारी सदस्य, भातृ तथा शुबेच्छुक संस्थाका प्रमुख प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

चौकेगडा कबड हलको प्राङ्गणमा भएको कार्यक्रमको संचालन ट्रान्सफर्म नेपालका अध्यक्ष मानबहादुर शाहीले गरेका थिए ।