मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नगर प्रमुख ढकालको पहलमा अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी सरिताका श्रीमानका आँखाको उपचार हुने

नगर प्रमुख ढकालको पहलमा अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी सरिताका श्रीमानका आँखाको उपचार हुने


अछाम ः अत्याधिक रक्तश्राव पछि ज्यान गुमाएकी ढकारी गाँउपालिका वडा नं. ८ की सरिता जैशीका श्रीमानको उपचार हुने भएको छ । दुबै आँखा देख्न नसक्ने सरिताका श्रीमान् टंक प्रसाद जैशीको उपचार हुने भएको हो ।

कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले आफ्नै पहलमा टंक प्रसादको उपचारका लागि काठमाण्डौँ पुर्याएका छन् । आफु चड्ने गाडीलाई टंकप्रसादको घरमै पुगाएर उननलाई त्यहाँबाट लिएर सुर्खेत सम्म र त्यसपछि हवाईजहाज मार्फत काठमाण्डौँ पुर्याएका हुन् । नगर प्रमुख ढकालले आफ्नै खर्चमा काठमाण्डौँ पुगाएको र उनको उपचारका लागि तिलगंगा आँखा अस्पताल काठमाण्डौँमा लगिने बताए ।

आफ्नो गाँउठाँउको नागरिकको सेवाका लागि आफु जहिले पनि साथमा रहेको बताउदैँ नगर प्रमुख ढकालले जैशीको उपचारमा समेत सबै सहयोग गर्ने बताए । नगर प्रमुख ढकालले यसअघि पनि सरिताका परिवारका लागि आर्थिक सहयोग समेत गरेका थिए । यद्यपी नगर प्रमुख ढकाल र टंक प्रसाद जैशीको पालिका फरक फरक हो । उनि ढकारी गाँउपालिकाको भएपनि मानवियताको हिसावले अप्ठेरो परिस्थितीमा आफुले सहयोग गरेको नगर प्रमुख ढकालले बताए ।

सरितका परिवारको लागि ढकारी गाँउपालिकाले के कस्तो सहयोग गरिरहेको छ भन्ने बिषयमा कुरा गर्न खोज्दा गाँउपालिका अध्यक्ष प्रकाश साँउदको फोन सम्पर्क हुन सकेन् ।

सरिताका श्रीमान्, छोरीछोरीका लागि देश बिदेश र बिभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटिरहेको छ ।