मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पार्टीलाई बलियो बनाउन सबै मातहतका कमिटी परिचालन गर्ने कांग्रेस अछामको निर्णय

पार्टीलाई बलियो बनाउन सबै मातहतका कमिटी परिचालन गर्ने कांग्रेस अछामको निर्णय


अछाम: नेपाली कांग्रेस जिल्ला कार्यसमिति अछामको बैठक मंगलसैनमा सम्पन्न भएको छ । जिल्ला कार्यसमिति अछामका  सभापति पुष्प बहादुर शाह को अध्यक्षतामा सम्पन्न भएको बैठकले बिभिन्न निर्णय गरेको छ ।

बैठकले संगठन लाई बलियो र चुस्त बनाउन सबै मातहत तहाका कमिटी परिचालन गर्ने निर्णय गरेको सुचना संचार तथा प्रचार प्रसार संयोजक जनक भण्डारीले जानकारी दिए ।

नेपाली कांग्रेस केन्द्रीय निर्देशन अनुसार एक सय दिने बिषेश अभियान सफल बनाउन सबै तहका नेता कार्यक्रता, जिल्ला मतहतका कार्यसमिति, भातृ तथा सुभेच्छुक संघ संस्थाका प्रमुख पदाधिकारी सदस्य परिचालित हुने जिल्ला स्थित सबै मातहतका कार्यसमितिका सम्मेलन गर्ने लगाएतका निर्णय गरेको छ ।

बैठकमा लिल्ला कार्यसमितिका पदाधिकारी क्षेत्रीय कार्य समितिका सभापति जिल्ला कार्य समितिका सदस्य लगायतको सहभागीता रहेको थियो  । बैठकको संचालन सचिब टक्कर शाहले गर्नु भएको थियो ।