अछाम । कमलबजार नगरपालिका वडा नं ४ चाल्साको आयोजनामा वडा स्तरीय पुरुष खुल्ला भलिवल प्रतियोगीता, प्रथम वडा अध्यक्ष कपको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
वडा अध्यक्ष मिन बहादुर साँउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी संविधान सभाका सदस्य भरत कुमार साँउद रहेका थिए ।
प्रमुख अतिथीको आशन बाट बोल्दै साँउद खेलकुद क्षेत्रको बिकासका लागी वडाले आयोजना गरेको वडा स्तरीय खुल्ला भलिबल प्रतियोगीताले महत्वपुर्ण भुमिका खेल्ने बताए । साथै प्रतियोगिता आयोजना गरेकोमा वडा कार्यालय लाई धन्यवाद समेत व्यक्त गरे ।
कार्यक्रमका बिशिष्ट अतिथी कमलबजार नगरपालिकाका नगरउप्रमुख शारदा कुमारी बिष्ट कुँवरले खेलकुदका क्षेत्रमा नगरपालिकामा विभिन्न गतिविधी बढिरहेको स्मरण गर्दै आगामी दिनमा खेलकुद क्षेत्रमा प्रयाप्त मात्रामा बजेटको व्यवस्थापन गरिने बताईन । गौरवको योजनाको रुपमा रहेको चौकेगडा खेलकुद मैदानको स्तर उन्नती तथा बाँकी रहेका संरचना बनाउन तर्फ पालिका अग्रसर रहने उनको भनाई थियो ।
कार्यक्रमका अर्का बिशिष्ट अतिथी पुर्व सुदुरपश्चिम प्रदेश साँसद अम्बी कुमारी थापाले आफ्नो गाँउमा आयोजना भएको कार्यक्रममा सहभागी हुन पाएकामो खुसी व्यक्त गर्दै तीनै तहको सरकारले खेलकुदमा क्षेत्रमा भौतिक पुर्वाधार निमार्ण गर्नका साथै खेलाडी लाई प्रोत्साहन गर्ने खालका कार्यक्रम ल्याउनु पर्ने भनाई रखिन ।
खेलकुदको उदघाटन कार्यक्रमका कमलबजार नगरपलिकाका विभिन्न वडाका वडा अध्यक्ष वडा सदस्य पुर्व जनप्रतिनिधी, ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्ष बहादुर चन्द्र, विभिन्न संघ संस्थाका प्रतिनिधी, राजनितिक दलका प्रतिनिधी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रध्यानाध्यापक , प्रशिक्षक खेलाडी सञ्चारकर्मी लगायतको उपस्थिीती रहेको थियो ।
वड़ा सदस्य तारा थापाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव विरेन्द्र तिमिल्सैनाले गरेका थिए ।
प्रतियोगीता कात्तिक १५ गते सम्म चल्ने र २० टिम भन्दा बढीको सहभागीता रहेको आयोजक टिमका प्रमुख योगेन्द्र साँउदले जानकारी दिए ।
प्रतियोगीतामा प्रथम,द्धितिय तथा तृतिय र सान्त्वना हुने टिमलेले क्रमश ५० हजार, ३० हजार, २० हजार र दश हजार नगद मेडल तथा प्रमाणपत्र पुरस्कार पाउनेछन ।
प्रतिक्रिया