मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिहारको अवसरमा कालेकाडामा शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न

तिहारको अवसरमा कालेकाडामा शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न

अछाम जिल्लाको विकासका लागि सदन र सरकारमा निरन्तर पहल गरिराखेको छु : सांसद शाह


अछाम : शुभ दिपावली छट पर्व तथा नेपाल संम्वतको उपलक्ष्यमा पंञ्चदेवल विनायक नगरपालिका वडा नं: ९ कालेकाडाले आयोजना गरेको शुभकामना आर्दान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका वडा नं: ९ का वडा अध्यक्ष रामप्रसाद जैशीको अध्यक्षतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्माय माननीय पुष्प बहादुर शाह रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा संघिय माननीय पुष्प बहादुर शाहले आफु निर्वाचित भएपछी अछाम जिल्लाका बिभिन्न बिसयमा सदन देखि सरकारमा पहल गरेर काम गराउन लागेको बताए | खास गरि अछाम क्षेत्र नम्बर २ का जनता र यस क्षेत्रको विकाशका लागि आफु सधै लागिपरेको बताए |

कार्यक्रमका  विशिष्ट अतिथि निवर्तमान  प्रदेश सभा सदस्य अम्बी थापाले जनताको मनोबल उच्च हुने खालको काम गर्न सबै तह र तब्काका अगुवाहरूले जुट्नुप्रर्ने बताईन । कार्यक्रमका अर्का विशिष्ट अतिथि पंञ्देवत विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउनेले विनायक नगरपालिकाको समग्र विकास र जनताको हितकालागी काम गरिरहेको र नगरका सबै वडाको शिक्षा ,स्वास्थ्य , संचार,सडक  यातायात र मानवीय बिकासकालागी अहोरात्र डटेर लागि परेको बताईन ।

पालिकामा आफू निर्वाचित भए पश्चात् जनताको प्रत्यक्ष लाभहुने र देखिने खालको काम गरेको उनको भनाइ थियो । साथै नगरको दुर्गम मध्यको एक वडा कालेकाडा भएकाले यस वडाको विकास नगरको प्रमुख प्राथमिकता रहेको उम्कोको धारणा थियो ।

कार्यक्रममा अतिथिको आशनबाट बोल्दै नेपाली कांग्रेस अछामका नेता महासमिति सदस्य पदमराज अधिकारीले अछामका दुर दराजका बस्ति र जनताको हितको लागि सबै तहका सरकारले फरक नितिको अबल्मबन गरि काम गर्नुपर्ने बताए । कार्यक्रममा नेपाली कांग्रेस अछामका नेता लक्ष्मण शाहले कालेकाडाको विकासकालागि आफू पनि निरन्तर लागि रहेको बताए ।

कार्यक्रममा नेपाली कंग्रेस अछामका युवा नेता सुचना तथा संचार विभागका संयोजक जनक भण्डारी, निर्वाचन क्षेत्र प्रदेश कार्यसमिति सदस्य जनक कार्की, आमन्त्रित जिल्ला कार्यसमिति सदस्य राजेश बोगटी, पंचदेवल नगरपालिका वडा नं: ४ का बडा अध्यक्ष हर्कबहादुर बुढा, युवा वलराम विष्ट, पत्रकार महांसंघ अछामका उपाध्यक्ष  रमेश रावत, पुर्व गाविस उपाध्यक्ष मोहनसिंह विष्ट, बृख मगर , लगायतले शुभकामना मन्तव्य राख्नुभएको थिए ।

शुभकामना आर्दान प्रदानकर्ता कार्यक्रममा उपस्थित स्थानीय जनतालाई संघिय माननिय र नगर प्रमुखले  गुनासा सुनाउन अनुरोध गरेपछिउठेका गुनासा गुनासा र सवालहरुको उचित सम्बोधन हुने प्रतिबदता जनाएका थिए । प्रजापति जैशिले संचालन गरेको कार्यक्रममा स्थानीय समाज सेवी बुद्धिजीवी सर्वसाधारण लगाएतको उपस्थिति रहेको थियोे ।