मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन

देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन

क्लबको सहयोगबाट देवस्थान आधारभूत विद्यालयमा निजि श्रोतबाट दुई जना शिक्षक


अछाम : जिल्लाको चौरपाटी गाउँपालिका १ स्थित परिवर्तनशिल युवा क्लबले देउसी–भैलोबाट साढे तीन लाख रुपैयाँ संकलन गरेको छ । मटेना टोलमा गठित सो क्लब र देवीस्थान आधारभूत विद्यालयले संयुक्त रुपमा खेलेको देउसी–भैलोबाट ३ लाख ५२ हजार ३६५ रुपैयाँ संकलन गरेको हो ।

लक्ष्मी पूजाको दिनदेखि संयुक्त रुपमा सुरु भएको देउसी–भैलो बाट उक्त रकम संकलन भएको क्लबले जनाएको छ । करिब पाँच दिनसम्म खेलिएको देउसी–भैलोबाट सो रुपैयाँ संकलन गरिएको हो ।

क्लब र विद्यालयले खेलेको देउसी भैलो पालिकामै उत्कृष्ट रहेको दाबी समेत गरिएको छ । हरेक वर्ष क्लबले देउसी–भैलोबाट लाखौँ रुपैयाँ संकलन गर्दै आएको छ । यस पटक पनि भैलोलाई निरन्तरता दिँदै क्लबले वडा नम्बर १ भित्रैका विभिन्न टोलमा भैलो मागेको थियो ।

क्लबले विद्यालयलाई प्रत्यक्ष रुपमा आर्थिक सहयोग गरिरहेको छ | क्लबको सहयोगबाट देवस्थान आधारभूत विद्यालयमा निजि श्रोतबाट दुई जना शिक्षक राखिएको छ ।

यस्तै क्लबले अन्य सामाजिक कार्य पनि गर्दै आएको छ । समाजका असहाय दुःखी र पीडितहरूलाई क्लबले आर्थिक सहयोग गर्दै आइरहेको छ | आफ्नो गाउँ टोलमा विभिन्न समयमा भएमा क्लबले समधान समेत गर्ने गरेको क्लबका अध्यक्ष देवबहादुर साउदले जानकारी दिए।