अछाम : नेपाली काङ्ग्रेसको सुवेच्छुक संस्था नेपाल प्रजातन्त्र सेनानी संघ अछामको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । तदर्थ समितीका अध्यक्ष हेमराज ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस अछामका पुर्व पार्टी सभापति भरत कुमार स्वार रहेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका महासमिति सदस्य एवं नेपाल प्रजातन्त्र सेनानी संघ अछामको प्रथम जिल्ला अधिवेशनका केन्द्रीय प्रतिनिधि टिकाराम खनाल ,नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाँराम बजगाइ,पार्टी उपसभापति अर्जुन ताम्राकार विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका बरिस्ठ नेता सुरेन्द्र बिष्ट ,रंगनाथ बिष्ट ,जगत खड्का काङ्ग्रेस जिल्ला काेषाध्यक्ष बलबहादुर साउद क्षेत्र नम्बर १ का सभापति कृष्ण बहादुर बुढा महाधिवेशन प्रतिनिधि नमबहादुर शाही , मंगलसेन नगरकार्यसमितिका कार्यवाहक सभापति हेमराज भण्डारी ,मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामी ,वडा नम्बर १३ का अध्यक्ष हिक्मत बोगटी ,काङ्ग्रेस नेता राजेश भाट लगायतको उपस्थित रहेको थियो ।
भेलाले हेमराज ढुंगानाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्ष राम भरोस कुवर, सचिव राजेश भाट, काेषाध्यक्ष तिलु स्वार, सहसचिव सिद्धराज ढुंगाना, प्रबक्तामा सुवानाथ भण्डारी सर्वसम्मत चयन भएका छन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिमा टिकाराम खनाल ,रंगनाथ बिष्ट ,सुरेन्द्र बिष्ट चयन भएका छन् । कार्यक्रमको संचालन नेपाल प्रेस युनियन केन्द्रीय सदस्य सुशील भण्डारीले गर्नुभएको थियो ।
प्रतिक्रिया