सर्लाही : नेपाली कांग्रेस युवा संकल्प यात्रालाई लालबन्दी सर्लाहीमा गरिएको छ ।
पुर्ब मेचिनगर देखि पश्चिमको महेन्द्रनगर सम्मको युवा संकल्प यात्रा कार्तिक २३ गते झापाको मेचिनगर देखि संचालन भएको हो। कार्यक्रममा झापा जिल्ला सभापति देउमान थेबे ले पार्टिको झण्डा हस्तान्तरण गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो। मोरङ्को बेलबारिमा पुर्ब मन्त्री एवं जिल्ला सभापति डिगबहादुर लिम्बुले सफलताको शुभकामना दिए। कार्यक्रम निर्धारित कार्यतालिका अनुसार चल्दै चलिरहेको छ ।
इटहरि, राजबिराज सप्तरि, जनकपुर धनुषा र जलेश्वर महोत्तरी मा भब्य रुपमा जिल्ला सभापति लगायत पार्टिका नेताहरुको उपस्थिति मा कार्यक्रम संचालन गरिएको थियो ।
मंगलबार लालबन्दी सर्लाहीमा भएको कार्यक्रममा
सर्लाहि क्षेत्र नम्बर १ सभापति हरि बहादुर लुङ्गेलि, पुर्ब सभापति लक्ष्मण राय, संविधान सभासदस्य, रामचन्द्र चौधरी, मेयर, उपमेयर, र प्रदेस कार्यसमितिका सदस्य नगर समिति , ने वि संघ र तरुण दलका जिल्ला तहका बिभिन्न नेताहरुको उपस्थिति रहेको थियो ।
संकल्प यात्राको अभियानमा नेताहरु, काङ्ग्रेस नेता रन्जित कर्ण, भुपेन्द्र्जंग शाही, प्रेमिका राना,सुमन गिरि लगाएत ४० जनाको समुह रहेको छ। भोलि बिरगन्जं र आगामि कार्यक्रम निर्धारित तालिका अनुसार हुनेका काङ्ग्रेस युवा नेता बिनोद शाहिले जानकारी दिए ।





प्रतिक्रिया