जनक भण्डारी । मानिसको जीवन अजिवको रहेछ । दु:ख कस्ट, हासो रोदन, अभाव, दवाव, भोक, प्यास, सुखका अनेकौं अनेक सपना धुवाँ सरि वायुमा विलिन हुदा रहेछन ।
मानिसको जन्म हुदा नवजात शिशुलाई जोगाउन आमा बाबुलाई गार्हो स्याहारसुसार लालनपालन शिक्षा दीक्षा घरवार वयाबस्थापन सबै चपेटै चपेटा अनि जीवन यापनका अनेकौं अनेक कर्म हुन्छन | उमेर अनुसारको ईच्छा चाहाना र आकांक्षा जब उचित व्यवस्थापन हुन सक्दैन अनि ढलकिदो ओरालि तिर हिन्दै गरेको जिवनले आमा बुवा साथिभाई शुवेच्छुक दल कार्यरत संघ संस्था छोराछोरी गाउँ समाज भन्दा परको फरक प्रर्स्थितिहुदो रहेछ ।
मानिसलाई आफ्नो प्राण जोगाउन अस्पतालको सैयामा चिकित्सक र ओखतीको बढी आवस्यकता हुदो रहेछ । जवानिमा सुख,सयल मिठो मिठो खाने राम्रो लगाउनको लागि अनेकौं बाधा व्याव्धानको सामना गर्दै जग्गा जमिन रोजगारी व्यापार व्यावसाय धन सम्पत्ति जमाउन जोगाउन र बढाउन लागि परेको हुन्छ ।
आखिर केका लागि जिवनको अन्तमा चाहिने भनेको खाना भनेको ओखती रहेछ, घर दरवार ,खर्क गोठ जेभएनि अस्पतालको सैया रहे छ । अस्पतालको सैयामै ओखतीको सेवन संगै जिवनको अन्तिम गहिरो कहिलै नर्फकने आफन्त कसैसँग भेट नहुने केवल राम्रोया नराम्रोको सम्झामात्र रहेने गहिरो निन्द्रा संगै विलिन हुनुपर्ने रहेछ । जीवन जिउनको लागि हुनत सबै थोक चाहिदो होला तर किन मानिसले यो नबुझेको होला या बुझेर पनि नगरेको होला ।
मैले हेर्दाहेर्दै मेरो बुवाले, भारको एक अस्पतालको शैयामा दशजना ठुलाबुवाले छ जना दाजु एकजना दिदी ले अस्पतालको सैयामै गहिरो कहिले न बिउझिने नदेखिने गरि अस्थाउनु भो । मरो सन्तानको रुपमा जन्म लिएका दुई नवजात शिशु छोरा र एक छोरीले त्यसतै गरे । मेरो मात्र कुरा काहाँ होर लाखौंलाख मानिसको समस्या यस्तै छ ।
धेरै मानिसको अस्पतालको शैयाले नयाँ जीवन दिएको छ कतिको परमधामको जीवन धन्यछ विधिको बिधान , समाज धर्म संकार संस्कृति रितिरिवाज चालचन बाताबरण सबै उनै सृष्टिको सृजना गर्ने प्रमात्तमाको लिला हो । हामीले के बनाउन सकेकाछौ र तेहित हो आयुर्वेदिक बाट एलोपेथिक , विछौनाबाट बेड , डोरीको जाले खाटबाट खाट खटिया , प्राकृति र प्रकृतिको दोहन भई रहेकोछ ।
जीवन यापनका कठिन भन्दा कठिन मोड काटेर हामीलाई यो धर्ती देखाउने हाम्रो बुवा बराजु महान हुनत निर्जिव बस्तु भएर होला राखेको ठाउँ बाट आफै हलचल हुन नसके पनि धेरै सक्त अशक्त सबैलाई निरन्तर सेवामा तल्लीन भई रहने गजबको स्थिरता छ ।नत धनिलाई हेर्छ न गरिव ,सानो या ठूलो वात जातजाति तेस्तै महान मैले भनेको कहाँ होर अस्पतालको सैया हो जीवन दिने र लिने तेसैमा हुन्छ जन्मिनत आमाको खोग र बाबुको विन्नोक बाट भयो ।
तर रोग व्याध ले समातेर च्याप्यो भने अरु जनाने विकल्प हुदैन है । कुनै जमानत झारफुक धामीझाँक्री बैद्धय ,गारुणा हरुको साहयता मा बाच्नु प्रर्ने घरेलु स्थानीय उपचार पद्धति हुन्थ्यो उक्त उपचार पद्धति बाट बाच्ने दाना भएकाहरू बाचे बाच्न नसक्ने हरुते देहत्याग गरे । रोगले अकस्मात मानिसलाई झट्ट समाति दिन्छ कोही कोही मानिसत सैयामा पुग्न नसकी नै देहावसान हुन्छ । चित्रित विचित्रको छ जीवन र सैया अचुक छ ओखती अजिव छ सैया त्यही सैया हो या त पुरानो पद्धति होस या त आधुनिक आखिर धन्य छ शैया धन्य ।
प्रतिक्रिया