मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेलाे सरकार ! प्राकृतिक स्राेत दाेहन गरेर उपलब्धि खाेइ ?

हेलाे सरकार ! प्राकृतिक स्राेत दाेहन गरेर उपलब्धि खाेइ ?


हेलाे सरकार !

  • नदि थुनेर रंगशाला बनाउने सल्लाह कस्ले दियो ?
  • नदिकाे किनारमा खेल मैदान बनाउने गरि बर्सेनि ( लगातार ३ वर्ष ) बजेट विनियोजन गरेर झण्डै करोड पैसा सिध्याउने मूर्खता किन गरेको ?
  • कसलाई पायक पर्थ्यो र केका लागि आवश्यक थियो यो नदीको किनारमा खेलमैदान ?

यता जंगलको सुन्दरता मासेर बनाएको अर्को रंगशाला कहिले उद्घाटन हुने हाे ?

चाैका खेलमैदान बनेको यतिका वर्ष सम्म नत पुर्णतः खेलमैदान सम्पन्न नत उद्घाटन किन ?

जंगलको छेउमा सरकारकाे बजेट स्वाहा गर्न मात्रै निर्माण गरेको देखियो नि ?

त्यो बेला बाम गठबन्धनका नेता तथा कार्यकर्ताहरूको बजेट खरिद बिक्रीको रसाकसी थियो । त्यही बेला सुदूरपश्चिम प्रदेश सरकार बाट हाम्रो वडाका लागि दुईवटा खेलमैदान एक साथ शिलन्यास भए।

१, चाैका खेलमैदान
२,आली खेलमैदान

चाैका खेलमैदान
झण्डै आधा कराेड लगानीमा निर्माण भएको चाैका खेलमैदान अहिले अन्न बाली उत्पादन गर्ने गरा र घाँसे मैदानका रुपमा प्रयोग भएको छ । सुदूरपश्चिम प्रदेशका तत्कालीन प्रदेश सभा सदस्य दुर्गा बि.क. काे पहल नेकपा माओवादि केन्द्रका नेता उपेन्द्र शाही लगायतको मिलेमतो मा बनेको उक्त चाैका खेलमैदान खेलकुद र खेलाडीका लागि कागलाई बेल पाक्याे हर्ष न बिस्मात जस्तै भएको छ । पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर – ५ लयाँटी स्थित कालिका सामुदायिक वनकाे छेउमा उक्त खेलमैदान अहिले गाैचरमा परिणत भएको छ ।

आली खेलमैदान
अविरल बगिरहेको कर्णाली नदि किनारमा बाँध लगाएपछि बाँकी रहेको चाैडा भागलाई आली खेलमैदान´ घोषित गरियो । सुदूरपश्चिम प्रदेशमा सरकारी बजेटकाे खरिदबिक्री चलिरहेको त्यो तत्कालीन अवस्थामा क्रमागत विकासे याेजनाका रुपमा रहेको नदिकाे बगरमा लगातार ३ वर्ष जति झण्डै कराेड रुपैयाँआली खेलमैदान´का नाममा स्वाहा गरेको जगजाहेर छ । सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य माननीय अक्कल रावल उनी अहिले पनि प्रदेश सभा सदस्यकै रुपमा छन् । उनैको पहल र लयाँटी स्थित केहि नेताहरूकाे मिलेमतोमा निर्माण भएको आली खेलमैदान कर्णाली नदिले आफ्नो हक खाेजेपछि अहिले साविकै बगरमा परिणत भएको छ ।


पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर – ५ लयाँटी स्थित साविककाे लयाँटी गाविस वडा नम्बर १ मा रहेको आली गाउँ वातावरणीय प्रभावकाे मूल्यांकननै नगरी बगर तठबन्ध गरेर रंगशाला बनाउँदा अहिले पुरै आलि बस्ती कर्णाली नदिकाे उच्च जाेखिममा छ ।

याे त रह्यो खेलमैदानको कुरा । अब अर्को भेटमा अरु विकास याेजनामा भएको मनपरि काे कुरा गराैला ।