मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विपत व्यवस्थापन सम्बन्धि विभिन्न साझेदार संघसंस्थाका तालिम पञ्चदेवल नगरपालिकामा सम्पन्न

विपत व्यवस्थापन सम्बन्धि विभिन्न साझेदार संघसंस्थाका तालिम पञ्चदेवल नगरपालिकामा सम्पन्न


अछाम : पञ्चदेवल विनायक नगरपालिकाकामा विपत व्यवस्थापन सम्बन्धि विभिन्न साझेदार संस्थाका भिन्नाभिन्नै कार्यक्रम साेमवार र मंगलबार सम्पन्न भएका छन् ।

साेमवार USAID/BHA काे आर्थिक सहयोग, लुथ्रन वल्ड्ररिलिककाे प्राविधिक सहयोग तथा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा उत्थानशील परियोजना अन्तर्गत स्थानीय विपत व्यवस्थापन समितिका पदाधिकारीहरू सँग विपत न्यूनीकरणमा मूलप्रवाहीकरण सम्बन्धी तालिम सम्पन्न भएको हाे ।

नगरपालिकाकाे सभाहलमा सम्पन्न भएको कार्यक्रममा विपत न्यूनीकरणमा पदाधिकारीकाे भूमिका लगायतका विषयमा छलफल भएको हाे ।

त्यस्तै मंगलबार विपत व्यवस्थापन न्यूनीकरण सम्बन्धि शिक्षकहरू लाई एक दिने गाेष्ठि सम्पन्न भएको छ ।

आस्था नेपाल/वल्ड्र भिजन इन्टरनेसनल नेपालको सहयोग तथा सहजीकरण र पञ्चदेवल विनायक नगरपालिकाको आयोजनामा शिक्षकहरू लाई विपत जाेखिम न्यूनीकरण सम्बन्धि तालिम दिइएको हाे ।

एउटै प्रकृतिका दुइवटा कार्यक्रमलाई सम्बाेधन गर्दै नगर प्रमुख अम्बिका चलाउनेले विपत व्यवस्थापनमा तालिम गाष्ठि मात्रै सञ्चालन गरेर नहुने बताएकी छन् ।

विपत न्यूनीकरण सम्बन्धि तालिम लिएपनि प्रतिकार्यमा केही न केही कमजोरी देखिने उनलेे वताइन् ।

विपत न्यूनीकरण सम्बन्धि विभिन्न सराेकारवाला संग साझेदार संस्थाकाे कार्यक्षेत्र बाहेकका वडाहरूमा पनि यस्ता खाले तालिम गाेष्ठि सञ्चालन गर्ने प्रतिबद्धता समेत जनाइन् ।

विपत बाजा बजाएर नआउने भएकाले यसको जाेखिम न्यूनीकरण का लागि पुर्व सतर्कताका साथ सावधानी भएर चनाखो हुन आग्रह गरिन् ।

दुईवटै तालिमको प्रशिक्षण रेडक्रस साेसाइटीका अगुवा खेम भट्टराईले गरेका हुन् ।