अछाम: नगर बाल सन्जालको आयोजना, कमलबजार नगरपालिकाको समन्वय साझेदारी तथा आस्था नेपाल रवाक नेपाल र वल्र्ड भिजनको सहयोग सहजीकरणमा सन्चालित अन्तरास्ट्रिय बाल दिबशको अबसरमा सरोकार वाला निकाय र बाल बालिका बिच अन्तर सम्बाद कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न गरिएको छ ।
नगर बाल संजालकि अध्यक्ष श्री डिग्रा बजगाइको अध्यक्षतामा शुरु भएको कार्यक्रममा वाड न १ का अध्यक्ष भक्त बोहरा ४ का वडा अध्यक्ष मीन बहादुर साउद ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सेना ६ का अध्यक्ष लाल बहादुर शाही २ का कार्यबाहक वडा अध्यक्ष दिपा भन्डारी ८ का कार्यबाहक वडा अध्यक्ष मीन बहादुर भन्दारी र १० का कार्यबाहक अध्यक्ष हस्त बहदुर बिस्ट को सहभागीता थियो ।
यसै गरि नि प्रमुख प्रशासकिय अधिकृत चक्र बहादुर बिस्ट इलाक प्रहरी कार्यलय प्रमुख हष बहादुर चन्द आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही हेम बहदुर चन्द वाक नेपालका सामाजिक परिचालक दिनेश बि .क नगर तथा वडा बाल संजालका भाइबहिनी को उपस्तिथि रहेको थियो ।
आस्था नेपालका जिल्ला कार्यसमिती कोषाध्यक्ष लक्ष्मण बिस्टको स्वागत मन्तव्य बाट सुरु भयको थियो ।
अन्तर्राष्ट्रिय बाल दिबसको अबसरमा स्थानिय नगर सरकार तथा वडा तहमा बाल बालिकाको क्षेत्रमा बिगतमा के के कार्यक्रमहरु कसरी सन्चालन गरियको थियो र आगामी दिनमा बाल बालिकाको बाल समृद्धि मा टेवा पुगाउनका लागि के कस्ता कार्यक्रम हरु तय गरियको छ ।
बाल बालिकालाई हुने विभिन्न हिन्सा दुर्ब्याबहार लाई अन्त्य गर्ने र बाल बिबाह अन्त्य गर्न का लागि पालिकामा बनायको रणिनित लाई कार्यन्वयन गर्न के के कस्ता कार्यक्रम हरु तथा योजना हरु बनायर अगाडि बढिरहेको छ । साथै वडा तहामा बाल बिबहा हुदा वडा सरकार तथा इलाक प्रहरी कार्यलयको साथ सपोट एक दमै न्यून रहेको लगायतका प्रशनहरु बाल बालिकाले सरोकारवाला लाई राखेका थिय ।
बाल बालिकाले सरोकार बाला लाई राखेको प्रशनहरुमा नगर पालिकाको तर्फबाट नि प्रमुख प्रशसकिय अधिकृत चक्र बिस्ट सर ले बाल बालिकालाइ एक दम निर्धक्क भयर बाल बालिकाका सवालहरु राखेकोमा धन्याबाद दिदै ।
समग्र बाल बिकास र समबृदीमा टेवा पुर्याउन नगर बाट विभिन्न जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गरेको र बाल सन्जाल लाइ कृयासिल बनाउन प्रत्यक दुइ महिनामा बाल सन्जालको क्षमता बिकासका कार्यक्रमहरु सन्चालन गर्ने गरेको ।
बिपन्न बाल बालिका लाई सहयोग गर्ने देखि माध्यामिक तह सम्म निसुल्क शिक्षा प्रदान गरिरहेको । अन्य विभिन्न साझेदार निकाय सङ साझेदारीमा विभिन्न कार्यक्रम सन्चालन गरिरहेको कुरा अबगत गराउदै अब आउने दिनमा यश नगर बाट बाल बालिका लाई समृद्धि बनाउन संरक्षण गर्न सबै निकाय मिलेर अगाडि बढने र मानबिय बिकासका कार्यक्रममान्जोड दिने प्रतिबदता ब्याक्त गर्नु भयको छ।
यस्तै वडा न ५ का अध्यक्ष सत्यराज तिमिल्सेना ले आफू वडा तहामा बाल बलिकाको क्षेत्रमा बिगत देखि नै जनचेतनामुलक क्रियाकलापहरु सन्चाल्न गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने कुरा मा प्रतिबद रहेको कुरा अबगत गराउनु भयको थियो । साथै एक ले केही सम्भब नहुने हुदा सबै वडाले एकजुट भयर सबैको साझा प्रयास गरेको बाल बिबाह ल्सै २०८३ भन्दा पहिले नै गर्न सकिने कुराको जान कारी दिनु भयको थियो ।
वाडा न१ का अध्यक्ष भक्त बोहोरा ४ का अध्यक्ष मीन बहादुर साउद ६ का अध्यक्ष लाल बहादुर शाहले समग्र बाल बालिका लाई हिन्सा दुव्र्यवहार बाट बचाउन सबैको अहम भुमिका रहेको र सबै एक साथ लाग्न पर्ने कुरा राख्दै अफुहरु सदैब बाल बालिकाको क्षेत्रमा सहयोगका कार्यक्रममा निरन्तरता दिन प्रतिबदता दिनु भयको थियो ।
आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही ले समग्र बाल बालिकाको बाल समृद्धि , बाल बिकास र सिकाइ लाई प्रभावकारी बनाइ बाल बालिकालाइ हिन्सा शोषण र दुव्र्यवहार बाट बचाइ बाल संरक्षण गर्ने र समग्र बाल समृद्धि ल्याउनका लागि स्थानीय सरकारले सोही अनुसारको नीति बनाइ कार्यन्वयन गर्ने कुरामा जोड दिनुपर्ने र विभिन्न साझेदार निकाय संगको समन्वय र सहकार्यमा सबै एक जुट भयर लाग्ने पर्ने कुरामा जोड दिनु भएको थियो ।
अन्तरास्ट्रिय बाल दिबशको अबसरमा बाल बालिका र सरोकारवाला बिच अन्तर सम्बाद कार्यक्रमको आयोजना गरेर सहयोग गरेकोमा आस्था नेपाल र वाक नेपाल लाई विशेष धन्यवाद दिदै । सबै सरोकार निकायहरुले बाल बालिका लाई सहयोग गर्न र बाल बालिका केन्द्रित कार्यक्रम तय गरि कार्यन्वयन गर्न नगर सरकार लाई अनुरोध गर्दै नगर बाल सन्जाल कि अध्यक्ष डिग्रा बजगाई ले कार्यक्रम समापन गर्नु भएको थियो । उक्त कार्यक्रम को सहजिकरण आस्था नेपालका दिल बहादुर शाही ले गर्नु भएको थियो ।
प्रतिक्रिया