बाँके : सुदुरपश्चिम सेवा समाज कोहलपुर बाँकेले बृहत रक्तदान एबम विशेषज्ञ दन्त शिबिर आज गरेको छ ।
बृहत रक्तदानबाट ४ जना महिला ५३ जना पुरुषले रक्तदान गर्नु भएको थियो भने ५७ पिन्ट रगत संकलन भएको सुदुरपश्चिम सेवा समाजका संयोजक गजेन्द्र शाहिले बताउनु भएको छ ।
कार्यक्रममा विशेषज्ञ दन्तशिबिर पनि गरिएको र उक्त दन्तबिर शिबिरमा महिला ५० जना र पुरुष ८५ जनाले विशेषज्ञ दन्त सेवा लिएको डाक्टर आस्था ढकाल र डाक्टर द्वारिका प्रसाद बजगाइले बताउनु भएको छ ।
आगामी दिनमा सुदुरपश्चिम सेवा समाजले दुर्गमबस्तीहरुमा बिसेसज्ञ स्वास्थ्य सेवा सामाजिक हितका काम गर्ने जानकारी दिएको छ । नेपालगन्ज रेड क्रस शोसाइटी बाँके र कोहलपुर रेडक्रस शाखालाई उक्त रगत हस्तान्तरण गरिएको छ ।
लुम्बिनी प्रदेश माननीय बसन्ती अधिकारीको प्रमुख आतिथ्यतामा सुरु भएको कार्यक्रममा विशिष्ट अतिथी ईलाका प्रहरी प्रमुख , धर्मराज भण्डारी , बाँके जिल्ला ट्राफिक प्रमुख पुस्करराज पन्त , पुर्ब एसपी हर्क शाही , स्वबियु सभापति विद्यार्थी नेता देबेन्द्र बुढा अनेरास्ववियु केन्द्रिय सदस्य टोपराज जैशी लगायत अन्य ब्यक्तीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया