अछाम : जिल्ला अस्पताल अछाममा पहिलो पटक एपेन्डिक्सको सफल शल्यक्रिया भएको भएको छ । जिल्ला अस्पताल अछाममा जटिल प्रकारको शल्यक्रिया (अप्रेशन) भएको ईतिहास मै पहिलो पटक हो ।
यसअघि अस्पतालमा प्रसुती सेवाको शल्यक्रिया मार्फत हुनेगरे पनि यस प्रकारको शल्यक्रिया जिल्ला अस्पताल अछाममा पहिलो पटक भएको अस्पतालले जनाएको छ ।
बाजुरा घर भएका एक पुरुषलाई पेट दुख्ने समस्या देखिए पछि उनलाई बाजुरा अस्पताल लगिएको थियो । बाजुरा जिल्ला अस्पतालमा शल्यक्रिया सम्भव नभएपछी ति बिरामीलाई रेफर गरिएको थियो, जिल्ला अस्पताल बाजुराले उनलाई अछाम रेफर गरेपछि जिल्ला अस्पताल अछामले सफल शल्यक्रिया गरेको हो ।
शल्यक्रिया उपचारमा संलग्न डा अधिराज आचार्यले भने ‘जिल्ला अस्पताल पहिलो पटक यस्तो खालको शल्यक्रिया सफल भएको र यो समग्र अछामबासीका लागि खुसिको कुरा हो।’
जिल्ला अस्पताल अछामको ईतिहासमै पहिलो पटक भएको शल्यक्रिया सफल भएको भन्दै डा आर्चायले भने अब अछाम अस्पतालले एम डिजिपिले गर्न सकिने मेजर शल्यक्रिया सेवा (एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सुरु हुने जानकारी दिए ।
यस अघि जिल्ला अस्पताल अछाममा शल्यक्रियाबाट प्रशुती सेवा मात्र हुने गरेको थियो। शल्यक्रियाको थप सेवा बिस्तार भए संगै अछामका मात्रै नभइ बाजुरा, दैलेख लगायत छिमेकि जिल्लाका बिरामी लाई पनि सहज हुने डा आर्चायले बताए ।
एमडिजिपि विशेषज्ञ डा कम्लेस प्रसाद यादवको नेतृत्वमा रहेको टोलिले सो अप्रेसन सफल पारेको हो । अप्रेसन टिममा डा अधिराज आचार्य, एनेस्थेसियामा गंगा बुढा क्षेत्रि, अप्रेशन थिएटर नर्सिङ ममता शाह र सहयोगी चक्र लुहार लगायतको टिम रहेको थियो ।
जिल्ला अस्पताल अछामका प्रमुख मेसु कम्लेश प्रसाद यादवले भने अब एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिलका बिरामीले अप्रेसनका लागि जिल्ला बाहिर जानू पर्ने बाध्याता हटेको छ । हामीले हाडजोर्निको अप्रेसनको लागि समेत तयारी गरेका छौ, तर श्रोत र साधन को कमिले सो सुरु हुन सकेको छैन उनले भने । अब छिट्टै हाडजोर्नि समन्धी समस्या भएका बिरामिको समेत शल्यक्रिया सेवा सुरु हुने उनले बताए ।
प्रतिक्रिया