मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका युवराज खत्री अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै

अछामका युवराज खत्री अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गर्दै


अछाम : अछाम जिल्लाको चौरपाटी गाँउपालिकामा जन्मेका युवराज खत्री पहिलो पटक अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिदैछन् । यूएईमा यहि मंसिर १४ गते शुक्रबार देखि हुने १९ बर्ष मुनिको एशिया कप २०२४ मार्फ खत्रीले नेपालका लागि अन्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा डेब्यु गर्न लागेका हुन् ।

एशिया कप २०२४/२५ अन्र्तगत नेपालले आफ्नो पहिलो खेल शुक्रबार नै श्रीलंका संग खेल्दैछ । नेपाली १९ बर्ष मुनिको क्रिकेट टिमको नेतृत्व सुदूरपश्चिम प्रदेशका खेलाडी हेमन्त धामीले नै गर्न लागेका छन् ।

अछामबाट यसअघि पहिलो पटक यज्ञमान कुमालले र दोश्रोमा राजु रिजालले अन्तराष्टिय क्रिकेट प्रतियोगिता खेलेका छन् भने अछाम जिल्लाबाट तेश्रो नम्बरमा अन्तराष्ट्रिय क्रिकेट प्रतियोगता खेल्नेमा युवराज खत्रीको नाम दर्ज हुनेछ ।

युवराज खत्री सम्मिलित सुदूरपश्चिम प्रदेशको १९ बर्ष मुनिको टिमले यसअघि फाइनलमा लुम्बिनी प्रदेशलाई आठ रनले हराउँदै नरेश श्रेष्ठ स्मृति वाइवाइ यू(१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको थियो ।

प्रदेश स्तरीय प्रतिस्प्रर्धामा पनि आफुलाई NOT OUT कायम गर्दै PLAYER OF THE MATCH हातपार्दै आफनो TEAM लाई बिजयी बनाउन समेत युवराजले मुख्य भुमिका खेलेकf थिए ।

खत्री एन्जल्स् हार्ट नेशनल स्कुल तथा एन्जल्स् किड्स् तारकेशवर ०९, ईन्द्रेणी पुल, मनमैजु, काठमाण्डौंमा कक्षा १० मा अध्यनरत रहेका छन् । युवराज खत्रि खेलकुदसंगै अध्यनमा पनि उत्कृष्ट रहेका छन् ।

खत्री गत बर्ष नै सुदूरपश्चिम प्रदेशबाट टिममा पर्न सफल भएपनि उमेर हदका कारण प्रतियोगिता खेल्न पाएका थिएनन् । आफ्ना बुवा लोकेन्द्र खत्रीको प्ररेणाबाट सानै उमेरमा युवराज खत्रीले क्रिकेट खेल्न सुरु गरेका थिए ।