अछाम : प्रतिनिधिसभा सदस्य तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा तोशिमा कार्कीले बयलपाटा अस्पतालले प्रदान गरेको सेवा प्रशंसनीय र गौरवको विषय भएको बताएकी छन् ।
उनले अस्पतालको मोडललाई देशव्यापी रुपमा कार्यान्वयन गर्न सके कुनै पनि नागरिकले अकालमै ज्यान गुमाउनु नपर्ने बताइन् ।
बिहीबार बयलपाटा अस्पतालको भ्रमणका क्रममा डा कार्कीले यस क्षेत्रका जनतालाई निःशुल्क र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएकोमा अस्पतालको प्रशंसा गरिन् ।
उनले संसदमा यसको दिगोपनको मुद्दा उठाउने प्रतिबद्धता पनि व्यक्त गरिन् । साथै, उनले देशको स्वास्थ्य सेवा प्रणालीको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औंल्याइन् ।
उपनिर्वाचनको प्रचारप्रसारका क्रममा जाजरकोटबाट डोटी हुँदै अछाम जाने क्रममा डा कार्कीले बयलपाटा अस्पतालको निरीक्षण गरेकी हुन् ।
बयालपाटा अस्पतालका अस्पताल निर्देशक डाक्टर मन्दिप पाठकले उनलाई अस्पतालले प्रदान गरिरहेको सेवाका बिषयमा जानकारीका साथै अस्पताल भ्रमण गराएका थिए ।
प्रतिक्रिया