अछाम : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्काले बयालपाटा अस्पतालको दिगापनाको लागि आफु गम्भिर भएर लागेको बताएका छन् ।
बिहिबार बयालपाटा अस्पताल पुगेका मन्त्री खड्काले अस्पतालको दिगोपनाका बिषयमा आफु गम्भिर भएर लागेको बताएका हुन् ।
अस्पतालको सञ्चालन प्रक्रिया र दिगोपनाको बिषयमा समेत आफुले मुख्यमन्त्री, अर्थमन्त्री लगायत संग छलफल गरिरहेको मन्त्री खड्काको भनाई रहेको छ ।
बयालपाटा अस्पतालको लागि बिनियोजित भएको बजेट कार्यान्वयनका लागि समेत आफुले निर्देशन दिईसकेको र छिट्टै प्रक्रियामा जाने उनले बताए ।
बयालपाटा अस्पतालले दिईरहेको निशुल्क गुणस्तरिय स्वास्थ्य सेवामा कुनै कमी नरहेको र आगामी दिनमा समेत यसै प्रकारले निरन्तर सेवा दिन यस क्षेत्रका लागि अपरिहार्य हुने मन्त्री खड्काको भनाई थियो ।
बजेट अभावमा अस्पतालको सेवा रोकिन अवस्था आउन नदिन सबै तहबाट सहयोग हुनुपर्ने समेत मन्त्री खड्काको भनाई थियो ।
प्रतिक्रिया