मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुर्यचन्द्र मावीको शैक्षिक, भौतिक र प्राविधिक विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको मन्त्री खड्को उद्घोष

सुर्यचन्द्र मावीको शैक्षिक, भौतिक र प्राविधिक विकासका लागि सहयोग गर्न प्रतिवद्ध रहेको मन्त्री खड्को उद्घोष


अछाम ः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननिय मेघराज खड्काले सुर्य चन्द्र मावी नमुना बिद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनिय योग्दान पुर्याएको बताएका गरेका छन् ।

बिद्यालयको ६३ औ वार्षिकोत्सव समारोहमा प्रमुख अथिति रहेका मन्त्री खड्काले शैक्षिक स्तर सुधार र स्थानीय समुदायमा बिद्यालयले सकारात्मक प्रभाव पारेको उल्लेख गरेका हुन् ।

उत्कृष्ट विद्यार्थी, शिक्षक र विद्यालय प्रशासनको मेहनत तथा योगदानप्रति मन्त्रीले खड्काले आभार व्यक्त गर्दै समुदयामा अरुलाई समेत प्रेरित गर्ने हौसला दिएको बताएका हुन् । आफुले अध्ययन गरेको विद्यालयको स्तरोन्नति, गुणस्तरीय शिक्षा प्रवर्द्धन, डिजिटल तथा प्राविधिक शिक्षाको विस्तारमा विद्यालयले फड्को मार्दै गएकोमा प्रशंसा व्यक्त गरे ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री समेत रहेका मन्त्री खड्काले विद्यालयको शैक्षिक, भौतिक र प्राविधिक विकासका लागि सहयोग गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।

बार्षिकउत्सव समारोहमा साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर बिशिष्ट अथिति रहेका थिए । कार्यक्रममा जिल्ला समन्वय सदस्य नरेन्द्र कुँवर सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्मर रावल, सुर्य चन्द्र माविका प्रधानाध्यापक देवेन्द्र बहादुर शाह लगायतको सहभागिता रहेको थियो ।