मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल पत्रकार महासंघ अछामको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न

नेपाल पत्रकार महासंघ अछामको बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न


अछाम ः नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको बैठक बिभिन्न निर्णय गर्दै मंगलसेनमा सम्पन्न भएको छ ।

शाखा अध्यक्ष खम्म खत्रीको अध्यक्षतामा बसेको बैठकले महासंघको यहि मसिर २८ गते हुने निर्वाचनका लागि ३ सदस्यि निर्वाचन समिती गठन गरेको छ ।

निर्वाचन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ अछाम शाखाका पूर्व अध्यक्ष रामबहादुर कुँवर रहेका छन् भने सदस्यमा कानुन व्यावसायी अधिवक्ता गणेश प्रसाद ढुंगाना र प्रेस यूनियनका केन्द्रीय सचिव पत्रकार मेनुका ढुंगाना रहेका छन् ।

बैठकले निर्वाचन अवधिको सुरक्षार्थ आवश्यक सुरक्षा व्यावस्था मिलाई दिनका लागि जिल्ला प्रशासन कार्यालय अछाम र जिल्ला प्रहरी कार्यालय अछामलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।

यस्तै बैठकले केन्द्र, प्रदेश र जिल्ला शाखाको लागि हुने मतदानका लागि आवश्यक पर्ने मत पेटिका लगायतका सामाग्री जिल्ला निर्वाचन कार्यालय अछाम संग माग गर्ने निर्णय गरेको छ ।

नेपाल पत्रकार महासंघको निर्वाचन यहि मंसिर २८ गते देशभर एकसाथ हुदैछ ।