अछाम: नेपाल महिला संघका संस्थापक अध्यक्ष अग्रणी महिला नेत्रि मंगला देवी सिंह को सयौ जन्म जयन्ती कार्यक्रमम अछाममा सम्पन्न भएको छ।
नेपाल महिला संघ अछामका निर्वतमान अध्यक्ष अनुराधा स्वार रावलको अध्यक्षतामा भएको कार्यकममा नेपाली कांग्रेस प्रदेश सह महामन्त्री अम्विका चलाउने प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथि नेपाली कांग्रेस अछामका पाटी सभापती पुष्प बहादुर शाह रहनु भएको थियो ।
कार्यक्रममा नेपाली कांग्रेस सम्बद्ध नेता कार्यकर्ता भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख प्रतिनिधी लगाएतको सहभागीता रहेको थियो।
नेपाल महिला संघकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहको जन्म वि.सं. १९८१ मा काठमाडौँको न्हैकन्तलामा भएको हो। वि.सं. १९९७ असार महिनामा उहाँको विवाह गणेशमान सिंहसँग भयो।
वि.सं. १९९७ कात्तिकमा प्रजापरिषद् काण्डमा परी गणेशमान सिंहलाई जन्मकैद भएपछि श्रीमती सिंह जहानिया राणाशासन विरोधी आन्दोलनमा सक्रिय हुनुभयो। २००४ सालमा काठमाडौँ म्हैमीमा भूमिगत सङ्गठनको रूपमा नेपाल महिला संघको स्थापना गरी आजन्म अध्यक्ष रहनुभयो।
२००५ सालमा पद्म शमशेरद्वारा गरिएको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ महिलाहरूको जुलुस लिएर राणाहरूको दरबार पुग्नुभएको थियो। २००७ सालको क्रान्तिमा ठूलो भूमिका निर्वाह गर्नुभयो।
श्रीमती सिंहलाई २०१७ सालमा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी ५ वर्ष कैद गरियो। २०२५ सालपछि ८ वर्ष प्रवासमा रहनुभयो।
२०४२ सालमा सत्याग्रह र २०४६ सालको आन्दोलनमा उहाँ सक्रिय रहनुभयो। २०४८ साल प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो।
‘नारी संघर्षका पाइलाहरू’ नामक संस्मरणात्मक पुस्तक लेख्नुभयो। २ छोरा र ३ छोरीकी आमा श्रीमती सिंहको २०५३ साल भदौ १० गते निधन भयो।
प्रतिक्रिया