अछाम : युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय साफेबगर अछामले कृषकहरूको वित्तीय सुरक्षा र पशुपालन व्यवसायको प्रगतिका लागि बीमा सेवा मार्फत राम्रो सुरवात गरेको छ। जिल्लाको मंगलसेन नगरपालिका,बान्नीगडी जयगड, रामारोशन र मेल्लेख गाउँपालिकाका किसानहरूलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको छ।
बान्नीगडी जयगड गाउँपालिका वडा नम्बर ६ दर्नाकी प्रगति थापा रावलले २० वटा बाख्राको बीमा गराएका थिईन । उक्त बाख्रा मध्ये दुई वटा बाख्रा मरेपछि उनले बीमा दाबी पेश गरीन् र सबै प्रक्रिया पूरा भएपछि युनाइटेड अजोड इन्स्योरेन्सले उनलाई ३८ हजार ९ सय ५०रुपँया को चेक हस्तान्तरण गरेको छ ।
रामारोशन गाउँपालिका वडा नम्बर १ तालीमा रहेको लेकाली कृषि तथा पशुपालन फर्मलाई १५ हजार २ सय,मेल्लेख गाउन्पालिका ६ को इस्वरा देवी खड्का फर्मलाई १४ हजार २ सय ५० र मंगलसेन नगरपालिका २ नम्बर वडाको सान्नी रुख कृषि तथा पशुपालन फर्मलाई पनि १४ हजार २ सय ५० रुपँयाको बिमा रकम हस्तान्तरण गरिएको युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड शाखा कार्यालय साफेबगरका प्राविधिक होमराज जोशीले जानकारी दिए ।
यस कार्यक्रमले कृषकलाई पशुपालन व्यवसायमा आउने अनपेक्षित जोखिमबाट राहत दिने मात्र नभई आर्थिक सुरक्षाको आधार समेत तयार गरेको उनको भनाई रहेको छ । बीमा सेवाको पहुँचले कृषक तथा पशुपालकहरूले प्राकृतिक प्रकोप, रोगव्याधि र अन्य अप्रत्याशित घटनाबाट हुने आर्थिक क्षतिबाट सुरक्षित हुन पाएका जोशीले बताए ।
साथै बीमा सेवाले किसानको पशुपालन व्यवसायलाई सुरक्षित राख्ने र अप्रत्याशित जोखिमका कारण आउने आर्थिक बोझलाई न्यूनीकरण गर्न सहयोग गर्ने भन्दै सम्पुर्ण पशुपालक किसानलाई बीमा गराउन शाखा कार्यलय प्राविधिक जोशीले आग्रह गरे ।
प्रतिक्रिया