अछाम : जिल्लाको कमलबजार नगरपालिकाकाले फोहोर व्यावस्थापनमा फरकपनको सुरुवात गरेको छ । स्थानिय उत्पादनलाई प्राथमिक्तामा राख्दै फोहार व्यावस्थापनको लागि डोकोको प्रयोग सुरु गरेको हो ।
प्लाष्टिकबाट उत्पादन भएका डष्बीन भन्दा स्थानिय निगालाको चोयाबाट बनेका डोको प्रभावकारी हुने भन्दै डोकोको प्रयोग गरेको हो । नगरपालिकाले बजारको फोहोर व्यावस्थापन गर्न कमलबजार नगरपालिकाका व्यापारिहरुलाई डोको वितरण गरेको छ ।
बजारका व्यापारिहरुले फोहर जता ततै फाल्ने गरेकाले बजारलाइ सफसुगर राख्नका लागि र फोहर व्याबस्थापनका लागि डोको बितरण गरिएको हो । प्रत्येक व्यापारिहरुलाइ अछामको रामारोशन गाउपालिका बाट संकलन गरेर दुइ सय डोका बजारका व्यापारिहरुलाइ बितरण गरेको कमलबजार नगरपालिका नगर प्रमुख यज्ञ प्रसाद ढकाले बताए ।
आफनै गाउ ठाउको स्थानिय निगालो बाट बनेको डोको बितरण गरिएको हो। नगरपालिका व्यापारिहरुले डोको ग्रहण गर्दै स्थानीय ब्यापारीले नगरको टिपर प्रत्येक हप्तामा फोहर उठाउन बजारमा आउनु पर्ने माग राखेका थिए ।
बजारमा प्रत्येक हप्ता टिपर बजारमा आउने र ब्याबसाहिहरले फोहर गरेको पाइएमा र्काबाहि गरिने नगर प्रमुख ढकाले बताए ।डोको बितरण कार्यक्रममा नगर प्रमुख सहित, नगर उप्रमुख सारदा कुवर, निमित्त प्रमुख प्रसासकिय अधिकृत चक्र बहादुर बिष्ट प्रहरी तथा पत्रकार लगाएतको सहभागिता रहेको थियो।
प्रतिक्रिया