अछाम : वृहत यौनिकता शिक्षा सम्बन्धी मुल्यांकनमा जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामान्र्डौमा रहेको जनकल्याण माध्यामिक विद्ययालय देशको ५ औँ स्थानमा आएको छ।
UNFPA अछामको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल परिवार नियोजन संघद्धारा किशोर किशोरी मैत्री सुचना केन्द्र अन्तर्गत सञ्चालित वृहत यौनिकता शिक्षाको मुल्यांकनमा विद्ययालय देशभर ५ औँ स्थानमा आएको छ भने जिल्लाको प्रथम भएको हो ।
यस्तै कमलबजारमा रहेको कालिका माध्यामिक विद्ययालय १० औँ स्थानमा आएको छ। जनकल्याण मा.वि.मा सोमबार हिजो आयोजना गरिएको एक कार्यक्रमका विच दुई वटै विद्ययालयलाई सम्मान गर्दै पुरुस्कार प्रदान गरिएको थियो। किशोर किशोरीको स्वास्थ्य प्रति ध्यान दिन,यौन सम्बन्धी सहि निर्णय लिन,बालविवाह अन्त्य गर्न र लागुऔषध र्दुव्यशनमा फस्न नदिनका लागी यौनिकता शिक्षा कक्षा सञ्चालन गरिदै आएको छ।
यो कार्यक्रममा विद्ययार्थीले किशोर किशोरीको उमेरमा आउने विभिन्न खालका परिवर्तनको अवस्थाको बारेमा अध्ययन गरेर आफनो व्यवहारमा लागु गर्ने गरेका विद्ययालयका प्रध्यानाध्यापक भिम बहादुर बुढाले बताए । साथै कार्यक्रमलाई अझै प्रभावकारी बनाउनका लागी छुट्टै शिक्षकको दरबन्दीको आवश्यक रहेको उनको भनाई रहेको छ।
किशोर किशोरी मत्री सम्मान कार्यक्रममा प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगरप्रमुख राजेन्द्र बहादुर कुँवरले यौंननिक्ता शिक्षाको मुल्यांकनमा देशको ५ औँ स्थानमा हुन सफल भएकोमा विद्ययालय परिवारलाई बधाई तथा धन्यवाद दिए ।
भविष्यमा आउने स्वास्थ्य सम्बन्धी समस्यालाई ध्यानमा राखेर अन्य शिक्षा संगै किशोर किशोरीले यौनिकता शिक्षा सम्बन्धी अध्ययन गर्न आवश्यक रहेको नगर प्रमुख कुँवरले बताए । साँफेबगर नगरपालिकामा यौनिकता शिक्षालाई स्थानिय पाठ्य पुस्तकमा समेट्ने गरेर तयारी भैरहेकोे जानकारी गराए ।
उनले नगरपालिका भित्र रहेको विकृर्ती विसंगती, लागुऔषधका घटना,छाउपडी प्रथा,जातीय विभेद सम्बन्धी अन्त्य गर्नका लागी १४ वटै वडाका १६ वटा विद्ययालयमा रुपान्तरण कलास सञ्चालन गर्न लागीएको जानकारी दिए । कार्यक्रमका विशिष्ट अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय प्रमुख अम्मादत्त भट्टले किशोर किशोरी मैत्री सुचना केन्द्रमा अध्ययन गर्ने बाल बालिकाहरुले आफुमा मात्र सिमित नराखेर आफनो परिवार र समुदायमा लैंगिकता सम्बन्धी जानकारी दिनु पर्नेमा जोड दिए ।
अछाममा ११ विद्ययालयमा सञ्चालन भैरहेको किशोर किशोरी मैत्री सुचना केन्द्र कलास जिल्लाका सबै विद्ययालयमा लागु गर्नु पर्ने समन्वय प्रमुख भट्टले बताए । विद्ययालय व्यवस्थापन समितिका अध्यक्ष रुपा आउजीले विद्ययालकाे शिक्षा गुणस्तिरीय बनाउनका लागी शिक्षक अभिभावकले विषेश ध्यान दिन आग्रह गरिन् ।
जिल्लाको मात्रै नभएर सुदुरपश्चिम प्रदेशको केन्द्र विन्दुमा रहेको यो विद्ययालयलाई नमुनाको विद्ययालय बनाउन सबैले भुमिका खेल्नु पर्ने जरुरी रहेको उनको भनाई थियो ।
प्रतिक्रिया