अछाम :- बोयलर कुखुराको मासु खादा अछाममा एक जनाको मृत्यु भएको छ ।
ज़िल्लाको कमलबजार न.पा.३ बयलाका १५ बर्षका कमल बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
बयालाका तुला सिहं बि.क को घरमा ल्याएको बोयलर कुखुराको मासु खाएर उनकै छोराको मृत्यु भएको हो ।
बि.कको घरमा थप ३ जना गम्भिर बिरामी भएको समेत प्रहरीले जनाएको छ ।
बिरामी ३ जनालाइ थप उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइ उपचार भइरहेको छ |
मृतकको लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइएको जिला प्रहरी कार्यालयका सूचना अधिकारी जय पार्कीले जानकारी दिए ।
प्रतिक्रिया