मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको शिक्षा र स्वास्थ्यमा उल्लेखनिय बजेट बिनियोजित भएको छ : मन्त्री खड्का

अछामको शिक्षा र स्वास्थ्यमा उल्लेखनिय बजेट बिनियोजित भएको छ : मन्त्री खड्का

जननायक बिपी कोईरालाले लिएको राष्ट्रिय मेलमिलाप नितिको सान्र्दभिक्ता आज पनि उत्तिकै छ : महामन्त्री खड्का


अछाम : सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननिय मेघराज खड्काल अछामको स्वास्थ्य र शिक्षाको लागि आफु मन्त्री भएपछि उल्लेखनिय काम गरेको बताएका छन् ।

नेपाली कांग्रेस अछामको आयोजना भएको ४८औं राष्ट्रीय मेलमिलाप दिवस तथा नेपाली काँग्रेस अछामको १०० दिने अभियान अन्र्तगत समिक्षा सहितको समापन कार्यक्रममा बोल्दै मन्त्री खड्काले जिल्ला अस्पतालमा बिशेषज्ञ डाक्टर पठाउन र बयालपाटा अस्पतालको लागि बजेट छुटाउने काम आफुले गरेको बताएका हुन् ।

जिल्ला अस्पताल अछाममा हाल २ जना बिशेष डाक्टर पठाएको छु मन्त्री खड्काले भने अब अस्पतालको लागि आवश्यक पर्ने उपकरण खरिदको प्रक्रिया पनि अघि बढेको छ । यस्तै बयालपाटा अस्पतालको लागि आवश्यक पर्ने औषधीको टेण्डर भईसकेको र अरु सामाग्रीको शिर्षक परिर्वतनको लागि सामाजिक विकास मन्त्रालयबाट टिप्पणी उठाएर अर्थ मन्त्रालयमा पठाईसकेको मन्त्री खड्काले बताए । साथै बयालपाटा अस्पतालमा फोहोर व्यावस्थापन, ब्लड बैँक स्थापना र ट्रमा सेन्टर स्थापनाका लागि छुट्याएको बजेट कार्यान्वयनको चरणमा रहेको बताए ।

मन्त्री खड्काले अछाम जिल्लाका बिभिन्न बिद्यालय सुधारका लागि १४ करोड बजेट बिनियोजित भएको र अन्य विकास निर्माणका कामका लागि पनि आफु निरन्तर प्रयत्न गरिरहेको उल्लेख गरे । मन्त्री भईसकेपछि प्रदेशका अरु जिल्लालाई पनि हेर्नुपर्ने हुन्छ मन्त्री खड्काले भने तर अछाम जिल्लालाई बिशेष प्राथमिक्तामा राखेर काम गरिरहेको छु ।

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका महामन्त्री समेत रहेका मन्त्री खड्काले जननायक बिपी कोईरालाले लिएको राष्ट्रिय मेलमिलाप निति सान्र्दभिक्ता आज पनि उत्तिकै रहेको उल्लेख गरे । पार्टी भित्र पनि आन्तरिक संगठन बलियो बनाउन होस् या देश विकासमा बिपीको निति अहिल्य पनि अपरिहार्य रहेको उनले बताए ।