अछाम: नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) अछामको १० दिने पालिका स्तरीय विशेष अभियान सम्पन्न भएको छ ।
पुष १० गते साँफेबगरबाट सुरु भएको अभियानको आज पन्चदेवल विनायक नगरपालिकामा समापन गरिएको छ ।
अभियान अन्र्तगत पुष १० गते साँफेबगर, ११ गते चौरपाटी, १२ गते मेल्लेख, १३ गते वान्नीगढी जयगढ, १४ गते रामारोशन, १५ गते मंगलसैन, १६ गते कमलवजार, १७ गते ढकारी र आज पन्चदेवल विनायक नगरपालिकामा विशेष अभियानको समापन गरिएको नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) केन्द्रिय सदस्य एवंम् अछाम ईन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिए ।
पन्चदेवल विनायक नगर कमिटीका अध्यक्ष ललित शाहीको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय कमिटी सचिव शेरबहादुर कुँवर रहेका थिए ।
केन्द्रिय कमिटी सचिव कुँवरले एकिकृत समाजवादी पार्टीप्रति जनताको आकर्षण वढ्दै गएको दाबी गरे । गाउँ–गाउँमा पार्टीप्रति जनताको उत्साह थपिदै गएको उनको भनाई थियो ।
मुलुक बनाउन, आर्थिक समृद्धिका लागि र संविधान अनुसार समाजवाद तर्फको भविष्य सुनिश्चित गर्नको लागि एकिकृत समाजवादी पार्टीको विकल्प नरहेको उनको जिकिर थियो ।
कार्यक्रमका विशिष्ठ अतिथि केन्द्रिय कमिटी सदस्य, अछाम ईन्चार्ज कुलबहादुर कुँवरले पार्टीका नीति कार्यक्रमलाई जनता माझ लैजान पार्टीका नेता कार्यकर्तालाई आग्रह गरे ।
वैठकमा प्रदेश कमिटी सदस्य भानुभक्त तिमिल्सैना, जिल्ला कमिटी अध्यक्ष योगेन्द्र विष्ट, उप–सचिव हिक्मत कुँवर, मेल्लेख ईन्चार्ज नृप साउद, जिल्ला कमिटी सचिवालय सदस्य नृप कुँवर, कमल अधिकारी, पन्चदेवल विनायक नगरपालिका वडा नं.२ का अध्यक्ष कृपा धामी, युवा संघका जिल्ला अध्यक्ष एकेन्द्र कुँवर लगायतको सहभागिता रहेको थियो ।
जिल्ला कमिटी सदस्य हस्त नेपालीले स्वागत मन्तव्य राखेको वैठकको सञ्चालन केशव शाहीले गरेका थिए ।
प्रतिक्रिया