अछाम: नेपाली नागरिकता प्रमाणपत्र लिनका लागि आवश्यक सिफारिश पत्र अब अनलाईन बाटै हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय अछमले ९१ वटै वडाहरू लाई नयाँ नागरिकता सिफारिस गर्दा अनिवार्य रुपमा अनलाईन प्रणाली मार्फत गर्न सूचित गरेको हो ।
जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नागरिकता प्रमाणपत्र प्रतिलिपि बाहेक नया नेपाली नागरिकता प्रमाण पत्र जारी गर्न अनलाइन मार्फत सिफारिस गर्नू पर्नेछ ।
नेपाली नागरिकता प्रमाणपत्र वितरण तथा नागरिकताको अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरुप स्थानीय तहबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको External Module प्रयोग गरी सिफारिश गर्न सकिने छ ।
उक्त व्यवस्था कार्यान्वयन गर्न अछाम जिल्लास्थित सबै स्थानीय तहका सूचना प्रविधि अधिकृत/वडा सचिवहरुलाई जिल्ला प्रशासन कार्यालय, अछामको समन्वय र सहजीकरणमा गृह मन्त्रालयले पौष १८ गते Virtual माध्यमबाट अनलाईन नागरिकता सिफारिस सम्बन्धी तालिम दिएको थियो ।
पूर्व सूचना अनुसार नै आज आइतबार देखी अनलाईन मार्फत नेपाली नागरिकताको अनुसूची सिफारिस शुरु भईसकेको प्रमुख जिल्ला अधिकारी शिब प्रसाद लम्सालले बताए ।
प्रतिक्रिया