अछाम : लायन्स क्लव अफ साँफेबगरको आयोजनामा माघ ११ गतेदेखि २० गतेसम्म साँफेबगर हुन गइरहेको सातौं ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रर्वद्धन’ महोत्सवको मूल आयोजक समिति गठन भएको छ ।
लायन्स क्लव अफ साँफेबगरका निर्वतमान अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको सचिव तथा महोत्सव प्रवक्ता महेश कुँवरले जानकारी दिए । महोत्सवलाई सफल पार्न ११ वटा उपसमिति समेत गठन गरिएको छ ।
आर्थिक उपसमिति संयोजकमा लायन्स क्लव अफ साँफेबगरका कोषाध्यक्ष गौतम कुँवर, अतिथि सत्कार उपसमिति संयोजक हिक्मत कुँवर, प्रचार–प्रसार उपसमिति संयोजक तपेन्द्र कुँवर, सांस्कृतिक/कलाकार समन्वय उपसमितिक संयोजकमा भरतबहादुर खड्कालाई चयन गरिएको संस्थाका सचिव समेत रहेका प्रवक्ता कुँवरले जानकारी दिए ।
आवास तथा यातायात उपसमिति संयोजक पृथ्वी कुँवर, स्टल तथा टेन्ट व्यवस्थापन उपसमिति संयोजक रेवन्त कुँवर, टिकट व्यवस्थापन उपसमिति संयोजक अनिल कुँवर, स्वास्थ व्यवस्थापन उपसमिति संयोजकमा टेक खड्का, सुरक्षा व्यवस्थापन उपसमिति संयोजक भीमबहादुर कुँवर र छापा तथा लेखन उपसमिति संयोजकमा डण्डिराज भट्ट र स्थानीय कला संस्कृति उप समिति संयोजक मुकेश सुनारलाई जिम्मेवारी दिइएको छ ।
महोत्सव यस क्षेत्रको चिनारी रहेकाले यसलाई सफल पार्नु सबैको दायित्व रहेको मूल आयोजक समितिका अध्यक्ष कुँवरले बताए । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रर्वद्धन’ मूल नाराका साथ सञ्चालन हुन गइरहेको महोत्सवले व्यापार, व्यवसायका साथै स्थानीय कृषिजन्य उत्पादन र उत्पादित वस्तुहरूको प्रचारप्रसार एवम् व्यावसायीकरण गर्ने मुख्य उद्देश्य राखिएको संयोजक कुँवरको भनाई रहेको छ ।
प्रतिक्रिया