मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महिलाहरुको नेतृत्व विकास गर्न सहकारीले महत्त्वपूर्ण भुमिका खेलिरहेका छन: नगर उपप्रमुख कुँवर

महिलाहरुको नेतृत्व विकास गर्न सहकारीले महत्त्वपूर्ण भुमिका खेलिरहेका छन: नगर उपप्रमुख कुँवर


अछाम: महिलाहरुको आयआर्जन,क्षमता र नेतृत्व विकास गर्न सहकारी संस्थाहरुले महत्त्वपूर्ण भुमिका खेलिरहेका साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोजले बताउनु भएको छ।

महिला सुधार बहुउदेश्य सहकारी संस्था लिमिटेड वडा नम्बर४ मष्टामान्डौको आईतबार भएको १६ औँ वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसनबाट कार्यमलाई समबोधन गर्दै उहाँ यस्तो बताउनु भएको हो।

महिला सुधार बहुउदेश्य सहकारी संस्थाले लामो संघर्ष गर्दै राम्रा काम गरिरहेको बताउदै आगामी दिनमा संस्थालाई अझै राम्रो बनाउन सबैकोे भुमिका सकारात्मक रहने अपेक्षा गर्नु भएको छ।

उहाँले नगरपालिका भित्र रहेका सहकारीहरुलाई व्यवस्थित गर्ने उदेश्यले कार्यपालिका बैठकको निर्णय अनुसार सहकारीको अनुगमन गरिने जानकारी दिनु भएको छ।

यसको लागी राजश्व प्ररामर्श समितिद्धारा सहयोग समिति गठन गरि सकेको र आगामी माघ पहिलो हप्ताबाट १४ वटै वडामा रहेको सहकारीको नियमन गरी वास्तविक प्रतिवेदन तयार गरेर अघि बढ्ने नगर उपप्रमुख कुँवरले बताउनु भयो।

कार्यक्रमका विशिष्ट अतिथि निर्वतमान नगर उपप्रमुख विर्मला देवि बुढथापाले महिलाहरुलाई धेरै जिम्मेवार निर्वाह गरि रहदा खर्च धेरै हुने गरेको बताउनु भयो।

त्यसमा पनि बचत गर्ने बानीको विकास गर्न सकेमा अपठ्यारो परेको समयमा आफुलाई सजिलो हुने भएकाले नियमीत वचत गर्न सेयर सदस्यलाई आग्रह गर्नु भएको छ। महिला सुधार बहुउदेश्य सहकारीले स्थापना कालदेखि विपन्न महिलालाई सहयोग गर्दै आएको बताउनु भयो।

संस्थालाइ चलायमान बनाउन सबै महिला दिदि बहिनी एकजुट भएर लागेमा यस्ता सामाजिक कार्यहरुमा अगाडी बढ्न सकिने बताउनु भएको छ।

सहकारीमा सुशासन,प्रविधि र एकीकरण”भन्ने मुख्य नाराका साथ सञ्चालन भएको १६ औँ वार्षिक साधारण सभाको अध्यक्ष्यता संस्थाका अध्यक्ष अप्सरा कुँवरले गर्नु भएको थियो।

अध्यक्ष कुँवरले प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका २५ जना शेयर सदस्यलाई पोषण तथा आयआर्जका लागी अनुदान वितरण गरेको,अहिले शेयर सदस्य २ सय १० जना रहेका,संस्थाद्धारा संचालक समिति र एजेण्टलाई सिपमुलक र क्षमता विकास तालिम दिएको जानकारी दिनु भएको छ।

यस्तै १ सय ७५ जना घरपरिवारलाई सफा खाना पकाउने आधुनि चुलो वितरण गरिएको,४० हजार बाट शेयर पुजी बद्धी भई १ लाख ५० हजार पुगेको सहकारी प्रबद्धनका लागी विभिन्न निकायमा समन्वय गरेको,शेयर सदस्यले ऋण लिई व्यवसाय गरीरहका लगाएतका प्रगतिको बारेमा जानकारी गराउनु भएको थियो भने आगामी दिनमा संस्थाले गर्ने कार्य योजनाका बारेमा पनि जानकारी दिनु भएको छ।

यसैविच आर्थिक वर्ष २०८१÷०८२ मा जम्मा ८ लाख १० हजार आम्दानी भएको छ भने ४ लाख ११ हजार खर्च भएको छ । नाफा ३ लाख ९९ हजार भएको बताएको छ। यस्तै संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष पुलती देवि कुँवरले प्रस्तुत गर्नु भएको छ।

ईलाका प्रहरी कार्यलय साँफेबगरका प्रमुख मोती बहादुर खडायतले देशमा पछिल्लो समय सहकारीको नाममा वचत कर्ता रकममा भष्टचार भएका घटना बाहिर आईरहेका बताउनु हुदै यहाँका सहकारीहरुले यस प्रति सचेत हुनु र्पने बताउनु भएको छ। उहाँले सहकारी ऐन २०७४ को नियमावली २०७५ लाई नियम कानुनमा राखी महिला सुधार बहुउदेश्य सहकारी संस्थालाई अगाडी बढाउन आग्रह गर्नु भएको छ।

कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढा,पुर्व वडा अध्यक्ष बालगिरी कुँवर,संस्थाका संस्थापक अध्यक्ष धर्मा बुढथापा,नगरकार्य पालिका सदस्य विनोद भुल,नेपाल रेडक्रस उपशाखा साँफेबगरका सचिव भगवती कुँवर लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

सहकारीमा सक्रिय शेयर सदस्यहरुलाई कार्यक्रमका प्रमुख तथा अन्य अतिथिहरुबाट सम्मान प्रत्र प्रदान गरिएको छ।यस्तै कार्यक्रमका अन्य अतिथिहरुमा वडा नम्बर४ का वडा सदस्य निता देवि कुँवर,केवलसिंह आउजी,सुनिता भुल,विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि,महिला सुधार बहुउदेश्य सहकारी संस्थाका शेयर सदस्य,प्रत्रकार लगाएतको सहभागीता रहेको थियो।

संस्था सदस्य टंका कुमारी बोहराले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन सचिव जानकी कुमारी बोहराले गर्नु भएको थियो।