नेपाली कांग्रेस गौरीगंगा नगर कार्यसमिति सचिब तथा युवा नेता एबम हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष श्री हेमन्त राज जोशी (बाजे) द्वारा साँफेबगर नगरपालिका–१३,बावलाको राष्ट्रिय माध्यामिक बिधालयमा अध्ययनरत १ कक्षा देखि ६ कक्षा सम्मका १ सय ५० जना बिद्यार्थीहरु लाई न्यानो टोपी बितरण गरेका छन।
बावला,अछामका प्रधानपंन्च,शैक्षिक ब्यक्तित्व एबम सो बिधालयका प्र.अ.२०३० देखि २०३२ साल सम्म रहनु भएका स्वःबिस्णु प्रसाद जोशी को ४५ औँ स्मृतिमा न्यानो टोपी बितरण गरिएको छ।
बिधालय अभिभावक संघ अध्यक्ष दयानाथ जोशी ज्यु को सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वडा नं–१३,बावला,अछामका वडा अध्यक्ष रुप बहादुर कुँवर र बिशिस्ट अतिथि स्वर्गीय जोशीका छोरा तथा हेमा श्री फाउन्डेसन नेपालका कार्यबाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे) रहनु भएको थियो।
त्यसैगरी अन्य अतिथिहरुमा वडा सदस्य बल बहादुर साउँद,पुर्ब बिधालय ब्यवस्थापन समिती अध्यक्ष टेक बटाला,समाजसेबी दान सिं कुँवर,टंक बटाला लगायत शिक्षक शिक्षिका र बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।
बिधालयमा आयोजित सो कार्यक्रममा उपस्थित बक्ताहरुले स्वःजोशीले समाज र शिक्षा क्षेत्रमा खेलेको महत्वपूर्ण भुमिका र योगदान बारे चर्चा गरेका थिए।
उक्त कार्यक्रममा स्वःबिस्णु प्रसाद जोशीका छोरा हेमन्त राज जोशी (बाजे) ले स्वःबुवा आफ्नो जिवनमा समेत सहयोगि भावना रहेको र असहायको सहयोगमा सदैब तत्पर रहने हुँदा बालबालिकाहरु लाई सहयोग गरे बुवाप्रती सच्चा सम्मान र आदर हुने र बुवाको आत्मा समेत शान्ती मिल्ने उद्देश्यले यो कार्य गरेको छोरा हेमन्त बाजेले बताए।
बिधालयका स.प्र.अ.रमानन्द जोशी ज्यु ले स्वागत मन्तव्य ब्यक्त गर्नुभएको कार्यक्रमको संचालन प्र.अ.तिलक कुँवरले गर्नुभएको थियो।
प्रतिक्रिया