मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रारा ! स्वर्गकी अप्सरा (तस्वीरहरु)

रारा ! स्वर्गकी अप्सरा (तस्वीरहरु)


ए! रारा! बताऊ!
रारा भनेको तिमी को हौ ?
स्वर्गकी अप्सरा ?

२०३१ सालमा कवि मविवि शाह मुगुको लेकतिर चढ्दा रारा तालको रूपले निकै मोहित हुन पुगेको प्रमाण यही कविता हो। त्यसपछिका दिनमा राराले अर्को उपनाम पायो, ‘स्वर्गकी अप्सरा।’

सुन्दरताको भण्डार सारा
के खनाया यसै रारामा
रारा कि अप्सरा ?

यो कविताको अंश हो, तत्कालीन राजा महेन्द्रको । राजा महेन्द्रले राराकी अप्सरा शीर्षक मार्फत मुगुको रारा महìव र महिमा उजागर गर्नुभयो।

कवितामार्फत मुगुको रारालाई पहिचान दिएको भन्दै कतिपयले रारा ताललाई महेन्द्र तालसमेत भनेको पाइन्छ। रारा तालको छिमेकी रहेको रड्याल शाह गाउँको संस्कृति, चाडबाड, कृषि र यहाँको मठमन्दिर, पञ्चायत घर जस्ता पुराना संरचना एवं ललितकलाको प्रभावले राजा महेन्द्र मोहित भएको देखिन्छ।

रारामा पर्यटन सम्भावना प्रचुर छ। राराको पर्यटनले मुगुलाई मात्र होइन प्रदेश र राज्यकै आर्थिक विकासमा टेवा दिन सक्ने सम्भावना छ। राराको राष्ट्रिय निकुञ्ज, संरक्षित क्षेत्रमा, वनजङ्गल, रुखबिरुवा, जडीबुटी, वन्यजन्तु र वातावरणले पर्यटकलाई लोभ्याउँछ।

राराताल मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । सुनकलीको जिल्ला भनेर चिनिने मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ ।

प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा रास्ट्रिय निकुन्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।