अछाम : नेकपा एमाले अछामले ६ जना नेतालाई कार्बाही गरेको छ ।
पार्टीको हित विपरित काम गरेको भन्दै पार्टिीका जिल्ला कमीटी सचिवालय सदस्य एवं संगठन विभाग प्रमुख प्रकाश बहादुर शाह, जिल्ला कमीटी सचिवालय सदस्य सागर सिंह बाब्ली, जिल्ला कमीटी सदस्य बल बहादुर कुवँर, शंकर भुल, रतन रावल र साफेबगर नगर कमीटी अध्यक्ष ढकेन्द्र कुवँरलाई कार्बाही गरेको हो ।
उनिहरुले नेकपा एमालेको संगठन कमजोर पार्ने कार्यहरु गरेको, पार्टिको कुनैपनी आधिकारिक व्यक्तिलाई जानकारी नदिई विभिन्न संचार माध्यमलाई कार्यकर्ताले पार्टी छोडेको भन्ने भ्रमपूर्ण समाचारलाइ सामाजिक संजाल तथा संचार माध्याम बाट सम्प्रेषण गरेको, पार्टीलाई कमजोर पार्न संचालन गरिएको मातृभुमि जागरण अभियान नेपाल नामक जुलुसमा समावेश भई पार्टी र पार्टीका अध्यक्ष विरुद्ध अलोकतान्त्रीक गतिविधि गरेको आरोपमा कार्बाही गरेको पार्टीका जिल्ला कमीटी सचिव भिम रावलले जानकारी दिए ।
नेकपा एमालेको विधानको धारा ८० को उपधारा १, २, ३,४,५,१२, र १३ विपरित कार्य गरेको हुदा पार्टी विधानको धारा ८१ को (१) बमोजिम पार्टी कमिटीको पदीय जिम्मेवारी बाट आजका मिति देखी लागुहुने गरि मुक्त गरिएको सचिव रावलको भनाई छ ।
यस्ता गतिविधिमा सकृय हुने अरु नेताहरुलाइ पनि आगामी दिनमा उनीहरुका गतिविधिको आधारमा कार्वाही गरिने पार्टीले विज्ञप्ती मार्फत चेतावनी दिएको छ । बुधबार साझ पार्टीले प्रकाशित गरेको प्रेस विज्ञप्ती मार्फत उक्त कुराको जानकारी गराएको हो ।
प्रतिक्रिया