अछाम : जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा आयोजना हुन गईरहेको सातौँ साँफेबगर महोत्सवको तयारी पुरा भएको छ । आयोजक लाईन्स क्लब अफ साँफेबगरका अनुसार महोत्सव सम्पूर्ण तयारी पुरा भएको हो ।
‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रर्वद्धन’ भन्ने मुल नाराको साथ माघ ११ गते देखि २० गतेसम्म आयोजना हुने महोत्सवको माघ ११ गते दिउसो १ बजे संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री पाण्डेले उद्घाटन गर्ने महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण कुँवरले बताए ।
संयोजक कुँवरका अनुसार उद्घाटन कार्यक्रममा पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपक राज जोशी लगायत स्थानीय पालिकाका जनप्रतिनिधि, विभिन्न पार्टीका नेता, सामाजिक व्यक्तिहरुको समेत उपस्थिती रहनेछ ।
महोत्सवको पहिलो दिन स्थानिय कला तथा संस्कृती भल्किने झाँकी प्रर्दशन गरिने तयारी गरिएको छ । जस अन्र्तगत साँफेबगर नगरपालिकाको हुड्केउली, चौरपाटी र बान्नीगढी गाँउपालिकाको न्याउले, मेल्लेखको पुतला, पूर्वीचौकीको भुवाका साथै स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
उद्घाटन दिनमा प्रबेश निशुल्क रहेको महोत्सवमा बिभिन्न बिद्यालयका नृत्यका साथै राष्टिय कलाकार उमादेवि खनाल र कोष खड्काको समेत प्रस्तुती रहनेछन् ।
महोत्सवले यस क्षेत्रको पर्यटन प्रबद्धनमा टेवा पुग्ने बिश्वासका साथै व्यापार, व्यवसाय, स्थानीय कृषिजन्य उत्पादन र उत्पादित वस्तुहरूको प्रचारप्रसार एवम् व्यावसायीकरण गर्न मद्दत पुग्ने अपेक्षा राखिएको छ ।
प्रतिक्रिया