मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

२५ हजारमा सुदूरपश्चिमकै पर्यटकिय तथा धार्मीक क्षेत्र बढीमालिकाको अवलोकन

२५ हजारमा सुदूरपश्चिमकै पर्यटकिय तथा धार्मीक क्षेत्र बढीमालिकाको अवलोकन


अछाम ः जिल्लाको साँफेबगरबाट २५ हजार मा सुदूरपश्चिमकै प्रमुख पर्यटकिय तथा बढीमालिकाको अवलोकन गर्न सकिने भएको छ । लाईन्स क्लब अफ साँफेबगरले आयोजना गर्न लागेको सातौँ साँफेबगर महोत्सवको अवसरमा हेलीटुर मार्फत बढीमालिकाको अवलोकन गर्न उक्त अफर राखिएको हो ।

महोत्सवमा मुख्य आर्कषको रुपमा राखिएको हेलीटुर प्याकज अन्र्तगत पर्यटकिय क्षेत्र खप्तड र रामारोशनका लागि पनि सो अवसर खुला गरिएको छ । ‘स्थानीय उत्पादन, कला, संस्कृति तथा पर्यटन प्रर्वद्धन’ भन्ने मुल नाराको साथ माघ ११ गते देखि २० गतेसम्म आयोजना हुने महोत्सव अवधिभर बढीमालिका, खप्तड र रामारोशन हेलीटुर गर्न सकिने छ ।

माघ ११ देखि २० सम्म धनगढी देखि साँफे नियमित हवाई सेवा ।

साँतौँ साँफेबगर महोत्सव अवधिभर धनगढी साँफेबगर धनगढी नियमित हवाई सेवा पनि सञ्चालन हुने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

दिनमा एक पटक नियमित प्लेन चार्टरका लागि समिट एयरसंग सहमती भएको छ, महोत्सव मुल आयोजक समितिका संयोजक कृष्ण कुँवरले भने धनगढी देखि जम्मा ४० हजारमा बढीमालिका घुम्न र अवलोकन गर्न सकिनेछ ।

धनगढी मार्फत प्लेनमा साँफेबगर र साँफेबगर देखि बढीमालिका, खप्तड र रामारोशन हेली टुर प्याकेज राखिएको छ । सो बाफत ४० हजार प्रति व्यक्त खर्च लाग्ने बताईएको छ ।

#sudooraaja