मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या ५९ हजार नाघ्यो

अछाममा स्वास्थ्य बिमा गर्नेको संख्या ५९ हजार नाघ्यो


अछाम ः अछाम जिल्लामा स्वास्थ्य बिमामा आवद्ध हुनेको संख्या ५९ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म बिमित हुनेको संख्या ५९ हजार ३१ रहेको स्वास्थ्य बिमा बोर्ड अछामले जनाएको छ ।

स्वास्थ्य बिमामा आवद्ध हुनेमा सबैभन्दा बढी साँफेबगर नगरपालिकाका रहेका छन् भने कम चौरपाटी गाँउपालिकामा रहेको छ । साँफेबगरमा बिमितको संख्या ११ हजार ५४ छ भने चौरपाटीमा बिमितको संख्या २ हजार ७ सय २१ रहेको छ ।

मंगलसेन नगरपालिकामा ८ हजार २१, तुर्माखाँद गाँउपालिकामा ८ हजार ४ सय ३१, कमलबजार नगरपालिकामा ६ हजार ५ सय १२, पञ्चदेवल बिनायक नगरपालिकामा ५ हजार ६ सय १४ जना स्वास्थ्य बिमामा आवद्ध भएका छन् ।

यस्तै रामारोशन गाँउपालिकामा ४ हजार ६ सय ९८, ढकारी गाँउपालिकामा ४ हजार ६ सय २१, मेल्लेख गाँउपालिकामा ३ हजार ५ सय ९० र बान्नीगढी जयगढ गाँउपालिकामा ३ हजार ३ सय १९ जना स्वास्थ्य बिमामा बिमित रहेका छन् ।

पालिकाहरुको जनसंख्याको आधारमा भने यो संख्या कम हो । स्थानिय तहका जनप्रतिनिधि र कर्मचारीहरुले आफ्नो पालिकाबासीलाई स्वास्थ्य बिमामा आवद्ध गराउन थप पहल गर्नुपर्ने देखिन्छ ।

स्वास्थ्य बिमामा आवद्ध भएमा ३ हजार ५ सय रुपयाँ प्रिमियमले एक घरपरिवारको ५ जना सदस्यले १ लाख सम्मका उपचार शुल्क पाउन सकिन्छ भने ५ जना भन्दा बढी परिवार सदस्यका लागि ७ सय थप शुल्क लाग्ने गरेको स्वास्थ्य बिमा बोर्ड मंगलसेनका कर्मचारी तारामान केसीले बताए ।