मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनमा क्यान्सर रोगको पहिचान गर्न बिशेषज्ञ शिविर

मंगलसेनमा क्यान्सर रोगको पहिचान गर्न बिशेषज्ञ शिविर


अछाम ः क्यान्सर रोगको पचिान गर्न जिल्ला अस्पताल अछाममा निशुल्क स्वास्थ्य शिबिर हुने भएको छ । माघ १२ गते शनिबार अर्थात भोली एक दिने निशुल्क क्यान्सर रोगको अवस्थाका बारेमा परिक्षण हुने भएको हो ।

मंगलसेन नगरपालिकाको आयोजनामा जिल्ला अस्पताल अछाम र सुशिल कोईराला पप्रखर क्यान्सर अस्पताल खजुराको प्राविधिक सहयोगमा शिबिर सञ्चालन हुन लागेको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भुमिनन्द ढुंगानाले बताए ।

शिबिरमा नागरिकहरुल स्वास्थ्य परक्षणसंगै क्यान्सर लाग्न नदिने उपाय, क्यान्सर भईहालेमा त्यसको रोकथाम, उपचार र व्यावस्थापनका बिषण्मा जानकारी लिन सकिनेछ ।

क्यान्सर रोगको संका लागेका जिल्लाका नागरिकलाई निशुल्क शिबिरमा आई रोगको निदानका लागि परिक्षण गराउन संयोजक ढुंगानाले आग्रह समेत गरेका छन् ।

शिबिरले यस क्षेत्रका नागरिकलाई रोगको बारेमा जानकारी लिन सहज हुने बिश्वास गरिएको छ । पछिल्लो समयमा क्यान्सर रोगका बिरामीहरु पत्ता लाग्नेक्रम बढिरहेको पाईएको छ ।