अछाम ः कम्प्युटर एशोसिएशन नेपाल महासंघ जिल्ला शाखा अछामको अध्यक्षमा पूर्ण बहादुर खड्का निर्वाचित भएका छन् । शाखाको चौथो जिल्ला अबिधेशनबाट खड्का निर्विरोध निर्वाचित भएका हुन् ।
शाखाको उपाध्यक्षमा दिनेश कुमार स्वाँर, सचिवमा हिमाल बुढा, सह सचिवमा हर्क थापा र कोषाध्यक्षमा इन्दु पाण्डेलाई चयन गरेको छ ।
यस्तै शाखाको सदस्यमा नन्द राज ढुंगाना, चन्द्र प्रकाश साँउद, पौरख कुमार बोगटी र मुकेश थापा रहेका छन् । बन्द शत्रले शाखाको बार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत पारित गरेको थियो ।
क्यान अछामका अध्यक्ष रमेश बहादुर महरको अध्यक्षमा भएको अबिधेशनको उद्घाटन शर्तमा प्रमुख अतिथि रहेका साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले सुचना प्रविधिको ज्ञान हरेक नागरिकलाई हुनुपर्ने बताए ।
अहिलेको प्रविधिको युगमा बिद्यालय स्तरमै सुचना प्रविधि र साईबर सुरक्षाका बिषयमा सबैे बुझ्न आवश्यक रहेको उनको भनाई थियो । सुचना प्रविधिको बिषयमा जानकारी लिन आफुले पनि पर्ने बताउदैँ नगर उपप्रमुख कुँवरले क्यान महासंघ अछामसंग सहकार्य गर्दै नगरपालिका भित्र यसका गतिबिधी गर्न उनले आग्रह गरे ।
कार्यक्रममा नेपापल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य शिबराज खत्रीले अहिले सुचना प्रविधिको गलत प्रयोग गरेर विकृती बढेकाले सबै नागरिक यसमा सचेत हुनुपर्ने बताए ।
प्रतिक्रिया