अछाम। जिल्लाको ढकारी गाउँपालिका-८ पल्साँता गाउँका दुई किशोरी शंकास्पत् अवस्थामा मृत फेला परेका छन्।
स्थानीय कमल खड्काको १३ वर्षीया छोरी इसरा कुमारी खड्का र उदयराम खड्काको छोरी १६ वर्षीया सरस्वती खड्का जंगलमा मृत अवस्था फेला परेको स्थानीय शिक्षक हर्क खड्काले जानकारी दिए। उनीहरु फूपु भदैनी हुन्।
एउटाको मोवाइल हिजो बेलुकीसम्म घण्टी बजिरहेको र अर्कोको स्वीचअफ रहेको स्थानीयले बताएका छन्। विद्या प्रवोधनकी माविमा एक जना ७ कक्षा र अर्को ८ कक्षामा अध्ययनरत रहेको बुझिएको छ। शिक्षक खड्काका अनसार दुवैको बुबा नोकरीका लागि भारतमा छन्।
बिहान खाना खाएर बाख्रा चराउन जंगल गएका उनीहरु बेलुकीसम्म घर नफर्किए पछि आज बिहानैदेखि खोजी कार्य थालिएको थियो। उनीहरुको करिव २० मिटरको दुरीमा बेलुकी शव फेला परेको खबर आएको प्रहरी चौकी ढकारीका सहायक हवलदार कृष्ण बहादुर बोहोराले जानकारी दिए।
एउटाको टाउको र मुखमा चोट रहेको र अर्की घोप्टो परेकोअवस्थामा शव भेट टिएको उनले जानकारी दिए। अहिले ढकारी प्रहरीको टोली र स्थानीयले शब कुरी रहेको र इलाका प्रहरी कार्यालय कमलबजारबाट थप टोली घट्नास्थल गइरहेको बुझिएको छ।
प्रतिक्रिया