मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामको जयगढमा चितुवा मृत फेला

अछामको जयगढमा चितुवा मृत फेला


अछाम : ज़िल्लाको बान्नीगढी जयगढ गाउँपालिका-३, जयगढ देवल बजार नजिकै एक चितुवा मृत फेला परेको छ ।

हिजो दिउँसोदेखि ताम्राकार टोलको छेउमा देखिएको चितुवा शनिवार बिहान मृत अवस्थामा भेटिएको हो ।

हिजो दिउँसो नै भेटिएको चितुवा मानिसहरूको भीड बढ्दै जाँदा पनि कुनै प्रतिक्रिया नदेखाएकाले घाइते तथा अस्वस्थ रहेको आशंका गरिएको थियो ।

चितुवा भेटिएको बिषयमा प्रहरीले सम्वन्धित निकायलाई जानकारी गराइ उद्दारका लागि पहल गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपि ईश्वरी भण्डारीका अनुसार चितुवाको उद्दारका लागि बन कार्यालयसंग पहल गरिएकोमा शनिवार बिहानै चितुवा पहिले कै स्थानमा मृत भेटीएको छ ।

ताम्राकार टोल छेउमै चितुवा भेटिएपछि प्रहरीले शुक्रवार राति त्यस क्षेत्रका नागरिकलाई उच्च सतर्कता सहित बस्न आग्रह गरेको थियो भने सुरक्षा सकर्तता बढाएको थियो ।