मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदका सबै वडामा पुग्यो केन्द्रीय बिद्युत प्रसारण लाइन

तुर्माखाँदका सबै वडामा पुग्यो केन्द्रीय बिद्युत प्रसारण लाइन

वडा नं. ५ मा प्रसारण लाईन पुगेपछि एक कार्यक्रमका बिच उद्घाटन


अछाम ः जिल्ललाको तुर्माखाँद गाउँपालिका वडा न ५ नाडामा केन्द्रिय विधुत प्रसारण लाईन पुगेको छ । यो संगै तुर्माखाँद गाँउपालिकाका सबै वडामा केन्द्रीय प्रसारण लाईन पुगेको हो । वडा नं. ५ मा प्रसारण लाईन पुगेपछि एक कार्यक्रमका बिच उद्घाटन गरिएको छ । वडाध्यक्ष महेन्द्र बहादुर शाहीको अध्यक्षतामा भएको कार्यक्रममा पालिका अध्यक्ष डम्बर बिसी प्रमुख अतिथि रहेका थिए ।

अध्यक्ष बिसीले प्रसारण लाईन पालिकाका सबै पडामा पुगेपछि अब नागरिकलाई सहजता हुने बिश्वास गरे । यसअघि अन्धकारमा बस्न बाध्य नागरिकलाई कामकाज लगायत बिद्यार्थीहरुलाई समेत पठनपाठनमा सहजता हुने अध्यक्ष बिसीले बताए ।

प्रसारण लाईनको उद्घाटन कार्यक्रममा उपाध्यक्ष बिमला शाही र अछाम बितरण केन्द्रका प्रमुख हिक्मत बहादुर बढा बिशिष्ट अथिति रहेका थिए । यस्तै ४ न वडा अध्यक्ष पदम बहादुर बि।सी, कार्यपालिका सदस्य दमन घर्ती, वडा सदस्यहरु, ईकोहिमाल नेपालका प्रतिनिधी बिरेन्द चन्द, राजनीति दलका पार्टी प्रतिनिधी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो । गाउँमा बिजुली पुगेपछि स्थानीयहरु खुशी भएका छन् ।

सोही अवसरमा पोषण खानेकुरा प्रदर्शनी तथा देउडा मेला कार्यक्रम समेत सम्पन्न भएको छ । ूस्थानीय कला संस्कृतिको सम्र्बद्धन, पोषण खाना हाम्रो प्रवर्द्धन भन्ने मुल नाराका साथ पोषण खानेकुरा प्रदर्शनी तथा देउडा कार्यक्रम गरिएको हो । स्थानीय स्तरमा उत्पादन भएको खानेकुरा उक्त प्रदर्शनीमा राखिएको थियो भने उत्पादन गरेका ल्याएका कृषकलाईलाई नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।

ईको हिमाल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा ५ नम्बर वडा कार्यालय तुर्माखाँद अछाममा पोषण मेला सम्पन्न हो । अब देखि सो वडाका बिद्यालयमा स्थानीय पोषण खानाको प्रयोग विद्यालयको दिवा खाजामा समाबेश गरिने भएको छ । यस्तै स्थानीय परिकार छनौट भई उद्यमशीलता विकासमा सहयोग पुगी युवा तथा महिला स्वोरोगार हुने छन् ।