मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली कांग्रेस मंगलसेन ७ नं. वडा समितिले गर्यो वडा कार्यालयमा तालाबन्दी

नेपाली कांग्रेस मंगलसेन ७ नं. वडा समितिले गर्यो वडा कार्यालयमा तालाबन्दी

वडा कार्यालयबाट दिन मिल्ने सुचना दिन हामि तयार छौँ : वडाध्यक्ष शाही


अछाम ः जिल्लाको मंगलसैन नगरपालिका वडा नं. ७ मा अनिश्चितकालिन तालाबन्दी गरिएको छ । सोही वडामा रहेको नेपाली कांग्रेस वडा कार्यसमितिले वडा कार्यालयमा तालाबन्दी गरेको हो ।

वडा सरकारले गत आर्थिक बर्ष बजेट बिनियोजित गर्दा आम नागरिकका समसयालाई बेवास्ता गरेको, टोल विकास समिति बाट छनोट भएका योजनाहरु प्राथमिकीकरण नगरेको, मनोमानि ढंगबाट बजेट बिनियोजित देखि उपसमिति गठन गरेको बिषयमा सुचना माग गर्दा नदिएको भन्दै तालाबन्दी गरिएको नेपाली कांग्रेस वडा नं. ७ का सभापती सिद्धराज ढुंगानाले बताए ।

नेपालको संबिद्यान अनुसार नै सार्वजनिक सराकारका बिषयमा भए गरेका काम कारबाहीको सुचना माग्ने अधिकार भएपनि उक्त कुराको सुनुवाई वडा कार्यालयबाट नभएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरिएको सभापती ढुंगानाले बताए ।

वडा कार्यालयमा तालाबन्दी गर्दा सेवाग्राहीलाई पर्ने असरको जिम्मेवार समेत वडा कार्यालयले लिनुपर्ने कांग्रेस वडा समितिका सभापति तथा सचिवको सयूक्त हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । कुन टोलमा कति बजेट बिनियोजित भयो, कुन कुन योजनाको उपसमिति गठन भयो भन्ने लगायतका बिषयमा वडा कार्यालयसंग फागुन ८ गते लिखित सुचना माग गरिएको थियो ।

यता वडा अध्यक्ष राज बहादुर शाही त्यो बिचमा सचिव उपचारका लागि काठमाण्डौँ गएका र उहाँ फर्केपछि भुकम्प प्रभावितहरु फारम संकलन गर्नुपर्ने भएका कारण सुचना दिन ढिलाई भएको बताए ।

सुचना नदिनु पर्ने कारण अन्य केही नभएको भन्दै अध्यक्ष शाहीले भने वडाको तर्फबाट दिन मिल्ने खालका सुचना दिन आफुहरु तयार रहेको र उहाँहरुलाई बोलाएर अहिले नै सुचना दिनका लागि आफुले छलफलका लागि बोलाएको बताए ।