मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगलसेनको ७ नम्बर वडा कार्यालयमा लगाईएको ताला खोलियो

मंगलसेनको ७ नम्बर वडा कार्यालयमा लगाईएको ताला खोलियो


अछाम ः जिल्लाको सदरमुकाम मंगलसेन नगरपालिका वडा नं. ७ जनाली बण्डालीमा लगाईएको ताला खोलिएको छ । नेपाली कांग्रेस वडा कार्यसमितिले लगाएको ताला सर्बपक्षिय बैठक पश्चात खोलिएको वडाध्यक्ष राज बहादुर शाहीले बताए ।

वडा अध्यक्ष शाहीको अध्यक्षतामा बसेको सर्बपक्षिय सर्बदलिय बैठकले माग भएका बिभिन्न बुदाहरुमा सहमती गर्दै ताला खोलिएको वडा सचिव तारा प्रसाद भण्डारीले बताए ।

बैठकमा पूर्व वडाध्यक्ष तथा कांग्रेस वडा सभापती सिद्ध राज ढुंगाना, जिल्ला कार्यसमिति आमन्त्रीत सदस्य लाल बहादुर बिष्ट, एमालेका वडाध्यक्ष गंगा कामी, नगर कमिटी उपसिचव कालु बिक, वडा सचिव तारा प्रसाद भण्डारी, कांग्रेसका वडा सचिव कृष्ण जैशी, सुरक्षाकर्मी लगायतको सहभागीतामा बैठक गरि कांग्रेस वडा कार्य समितिले माग गरेका बिषयमा छलफल गरि ताला खोलिएको वडाध्यक्ष शाहीले बताए ।

यस अघि बिभिन्न सुचनाहरुको माग गर्दा वडा कार्यालयले नदिएको भन्दै कांग्रेस वडा कार्यसमिति मंगलसेन ७ ले आज बिहान तालाबन्दी गरेको थियो ।