अछाम : बैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा गोकुल भाट नियूक्त भएका छन् । साँफेबगर ७ निवासी भाटलाई सुदूरपश्चिम प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयले अध्यक्षमा नियूक्त गरेको हो ।
बैधनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति (गठन) आदेश २०७७ को दफा ३ को उपदफा (२) को खण्ड (क) बमोजिम अध्यक्ष पदमा नियूक्त गरिएको हो ।
समितिकाे सदस्यहरूमा पूर्णथाथ योगी, लक्ष्मी शाह, नैनसिंह थलारी, पुष्पराज भट्ट, मोहन सिंह बोहरा, पुरन खड्का, समुन्द्रा लुहार रहेका छन् ।
नेपालको चार धाम मध्येको एक धामका रहेको बैद्यनाथ धाम क्षेत्रको विकासलाई थप सशक्त अगाडी बढाउने, अधुरा निर्माण कार्यलाई पुरा गर्ने, धाम क्षेत्रमा पर्टटक भित्राउने खालका कार्यक्रम सञ्चालन गर्ने लाग्ने नवनियूक्त अध्यक्ष भाटले बताए ।
नव नियूक्त भाटको कार्यकाल ४ बर्ष अर्थात २०८५ चैत्र ५ गते सम्मको हुनेछ । नवनियूक्त अध्यक्ष भाटलाई बधाई दिदैँ मन्त्री लक्ष्मण किशोर चौधरीले बैद्यनाथ धाम क्षेत्रको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरुको संरक्षण तथा व्यावसथापनमा महत्वपूर्ण भुमिका निर्वाहको अपेक्षा गरिएको बताए ।
यसअघि समितिको अध्यक्षमा अधिवक्ता खड्क खड्का थिए ।

प्रतिक्रिया