मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाल बालिका विषयमा सरोकारवाला संग अन्तरक्र्रिया कार्यक्रम कमलबजारमा सम्पन्न

बाल बालिका विषयमा सरोकारवाला संग अन्तरक्र्रिया कार्यक्रम कमलबजारमा सम्पन्न


अछाम ः बाल बालिकाको लागि बनेका पोलोसीहरुको कार्यान्वयनको अबस्था बिषायमा सरोकार वाला संग अन्तरक्र्रिया कार्यक्रम कमलबजारमा सम्पन्न भएकाे छ। कमलबजार नगरपालिकाको समन्वय तथा आस्था नेपाल वल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग सहजीकरण र स्थानीय बाल अधिकार समितिको आयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

बाल बालिकाको लागि बनेका पोलोसीहरुको कार्यान्वयनको अबस्था विषयक सरोकार वाला संग अन्तरक्र्रिया कार्यक्रममा नेपाल सरकारले बाल बालिकाको क्षेत्रमा बनाएका एन नियम कानुन को बारेमा जान कारी गराइएको थियो भने पालिका स्तरमा बाल बालिकाको क्षेत्रमा बनेको पोलिसीहरुकाबारेमा जानकारी र कार्यान्वयन को अवस्था बारे महिला बाल बालिका शाखा प्रतिनिधि कल्पना देवकोटाले जान कारी गराउनु भएको थियो ।

बाल बालिकाको समग्र विकास र अधिकार लाई सुरक्षित गर्न बनेका पोलिसीअनुरूप स्थानीय तहले गरिरहेको काम र आगामी दिनमा थप प्रभावकारी बनाउन पोलिसीहरुको कार्यान्वयन अवस्थाके छ भनेर समूह कार्य गरिएको थियो ।

थप पालिकामा बाल बालिकाको अवस्था लाई राम्रो बनाउन बाल कोषआई व्यवस्थित बनाई निरन्तर बजेट व्यवस्थापन गर्ने बाल कोष परिचालन कार्यविधि संशोधन गर्ने तथा पालिका स्तरमा अपाङ्गता भएका ग र घ वर्गका व्याक्तीहरुलाई कार्यविधि बनाई प्रोत्साहान स्वरूप सहयोग प्रदान गर्ने लगायतका विषयमा छलफल गरिएको थियो ।

उक्त कार्यक्रम नगर उप प्रमुख शारदा कुँवर विष्टको अध्यक्षतामा शुरू भएको कार्यक्रममा वाड न १ का अध्यक्ष भक्त बोहरा, २ का अध्यक्ष धिर्घ टमटा ४ का अध्यक्ष मिन बहादुर साउद ५ का अध्यक्ष सत्यराज तिमिल्सेना ८ का अध्यक्ष प्रजा बोगटी लगायत ९ र १० का कार्यबाहक अध्यक्षहरुको सहभागीता रहेको थियो ।

नीमित्त प्रमुख पेशासकिय अधिकृत लोक बहादुर शाही इलाका प्रहरी कार्यालय प्रमुख हर्ष बहादुर चन्द विभिन्न विषयगत साखा प्रमुख आस्था नेपालका कार्यक्रम संयोजक गणेश प्रसाद बोहरा पत्रकार पवित्रा खड्का जिल्ला बाल सञ्जाल अध्यक्ष मनिषा साउद तथा नगर बाल सञ्जाल अध्यक्ष डिग्रा बजगाईं लगाएतको सहभागीता रहेको थियो ।

उक्त अन्तरक्रिया कार्यक्रमको सहजीकरण आस्था नेपालका कार्यक्रम अधिकृत तपेन्द्र ठकुल्ला ले गर्नु भएको कार्यक्रमको सञ्चालन आस्था नेपालका फिल्ड अधिकृत दिल बहादुर शाही गर्नु भएको थियो ।