मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मंगला नेरा मावि वलिगाउका १२ कक्षाका विद्यार्थीलाई बिदाई गरियो

मंगला नेरा मावि वलिगाउका १२ कक्षाका विद्यार्थीलाई बिदाई गरियो


अछाम । मंगला नेरा मावि मंगलसेन नगरपालिका वडा नम्बर ९ वलिगाउमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीको विदाई गरिएको छ । विद्यालयमा साधारण र प्राविधिक धार तर्फमा अध्ययनरत विद्यार्थीलाई टीका र दोसल्ला सहित बार्षिक परीक्षाको सफलताको शुभकामना व्यक्त गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक मीन बहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश बहादुर रावल प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि रावलले विद्यार्थीको सफलताको शुभकामना व्यक्त गर्दै हरेक ठाउँमा विद्यालयका विद्यार्थीले अनुशासित भएर अघि बढन सुझाव दिनु भयो । प्रत्येक विद्यार्थी हरेक क्षेत्रमा सफलता हासिल गर्दै गए विद्यालयको नाम आउने बताए । सोही अवसरमा कक्षा १२ का बिदाई भएर जाने विद्यार्थीले विद्यालय प्रशासनलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

कार्यक्रम विद्यालय साधारण धार ११/१२ संयोजक कर्ण बहादुर बिष्ट, प्राविधिक धार ईन्जिनियर बिकास साउद, विद्यार्थीको तर्फबाट रामराज रोक्कामगर, आयुष भट्टले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन विद्यालयका लेखापाल कमल कुमार रावलले गर्नु भएको थियो ।