मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिलोपटक नेपालबाट WONCA Rural दक्षिण एशियाको सहअध्यक्षमा डाक्टर विकास गौचन निर्वाचित

पहिलोपटक नेपालबाट WONCA Rural दक्षिण एशियाको सहअध्यक्षमा डाक्टर विकास गौचन निर्वाचित


काठमाण्डौँ ः गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालका कार्यकारी निर्देशक डाक्टर विकास गौचन बिश्व पारिवारिक चिकित्सक संगठन WONCA Rural को दक्षिण एशिया तर्फको सह अध्यक्षमा निर्वाचित भएका छन् । भारतको बेंगलुरुमा सम्पन्न दक्षिण एशिया सम्मेलनबाट डाक्टर गौचन सह अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।

बिश्वभरीका एमडिजिपी चिकित्सकहरुको संस्था बिश्व पारिवारिक चिकित्सक संगठन ९ध्इल्ऋब् च्गचब०ि को सहअध्यक्षमा नेपालबाटै पहिलो पटक दक्षिण एशिया क्षेत्रको सहअध्यक्षमा डाक्टर गौचन चयन भएका हुन् । अर्को सहअध्यक्षमा श्रीलंकाका डाक्टर गोविथ रत्नम निर्वाचित भएका छन् ।

यसअघि एक जना मात्र अध्यक्ष रहने व्यास्था भएपनि यसपटकबाट दुईजना सह अध्यक्ष रहने व्यावस्था WONCA Rural ले गरेको छ । डाक्टर गौचन बिश्व पारिवारिक चिकित्सक संगठन WONCA Rural को हाल लेखा समिति सदस्य समेत हुन् । लेखा समिति सदस्यमा दक्षिण एशियाबाट एक जना मात्रै सदस्य चयन हुने व्यावस्था छ ।

डाक्टर गौचनले बिगत ९ बर्ष देखि WONCA Rural को कार्यकारिणी समितिमा रहेर काम गरिहेका थिए । दुर्गम क्षेत्रको स्वास्थ्य सेवालाई सबल र सुदृढिकरण गर्ने संगठित संस्थाका रुपमा WONCA Rural लाई लिने गरिन्छ ।

नेपालको स्वास्थ्य क्षेत्रमा भने एमडिजिपी डाक्टरहरको भुमिका बढी प्रभावकारी देखिन्छ । प्राय दुर्गम क्षेत्रमा अन्य बिशेषज्ञ डाक्टर कम बस्ने भएका कारण नेपालमा एमडिजिपी मोडललाई विकास गरिएको हो । जिपी डाक्टरले प्राय आकस्मिक सेवाका साथै प्रसुती शल्यक्रिया र अन्य सामान्य तथा जटिल शल्यक्रियाका सेवा समेत दिने गरेका छन् ।

नेपालको स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउदैँ प्राथमिक स्वास्थ्यलाई बलियो बनाउन समेत हाल एमडिजिपी चिकित्सकहरुको भुमिका ठुलो छ ।

को हुन् सहअध्यक्षमा निर्वाचित डाक्टर गौचन ।

२०४० सालमा मुस्ताङको लेतेमा जन्मेका विकास गौचन गण्डकी प्रदेशको प्रादेशिक जनरल तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा विगत ४ बर्षदेखि कार्यरत छन् ।

डाक्टर गौचनले जीवनको महत्वपूर्ण एक दशक सुदूर पहाडको अछाम जिल्लामा स्वास्थ्य सेवा दिएका थिए । २०६४ सालमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट एमबिबिएस सकाएर डाक्टर गौचन अछाम पुगेर बयालपाटा अस्पतालमा यस क्षेत्रका नागरिकलाई सेवा दिन सुरु गरेका थिए ।

बयालपाटामा रहदाँका बखत नै २०७१ श्रावणमा डाक्टर गौचनले एमडिजीपी पुरा गरेका थिए ।

दुर्गम क्षेत्रमै जन्म हुर्केका डा गौचनलाई स्वास्थ्यमा दुर्गमका जनताको पहुँचको जटिलता, सेवा पाउनुका कठिनाइ देखेका कारण दुर्गममा बसेर जनताको सेवा गर्नुपर्छ भन्ने सोचले उनले एमडिजीपी रोजेका थिए ।

दुर्गमको स्वास्थ्य समस्यालाई नजिकबाट चिनेका डाक्टर गौचले सो क्षेत्रको स्वास्थ्य सेवा सुधार गर्ने दृढ ईच्छा शक्ती लिएर सो बिषय अध्ययन पुरा गरे पश्चात महत्वपूर्ण एक दशक दुर्गम ठाउँ कै स्वास्थ्य सुधारमा नेतृत्वदायि भुमिका सहित तथा उपचारात्मक सेवा दिएका थिए ।

हाल पोखरामै रहेर पनि डाक्टर गौचनले त्यँहाका अस्पतालको स्वास्थ्य सेवा सुधार र गुणस्तरिय बनाउन प्रभावकारी भुमिका निर्वाह गरिरहेका छन् । निति निर्माणको प्रक्रियामा समेत सहभागी भएर दुर्गमको स्वास्थ्य सुधारमा उनि प्रयत्नशिल रहेका छन् ।

कोभिड १९ को महामारीकै बेला डाक्टर गौचनले सरुवा तथा संक्रामक रोग अस्पतालको सेवा सुधार संगै प्रत्यक्ष आफै संलग्न भएर बिरामीलाई समेत स्वास्थ्य सेवा दिएका थिए ।

सहअध्यक्षमा निर्वाचति भएपछि प्रतिक्रिया दिदैँ डाक्टर गौचनले दुर्गम क्षेत्रका नागरिकहरुले स्वास्थ्य सेवा पाउन कठिनाईका साथै आर्थिक भार व्यहोरिरहेका कारण यसलाई न्युनकिरण गरि निशुल्क रुपमा सेवा पाउने गरि सबै क्षेत्रबाट लाग्नुपर्ने धारणा व्यत्त गरे ।

दक्षिण एसियाका सबै देशहरुमा WONCA Rural को रााष्ट्रिय कार्यकारीरिणी समिति गठन गरि दुर्गम क्षेत्रमा रहेको स्वास्थ्य सेवाहरुको चुतौनी लाई सबलिकरण गर्न सहजिकरण गर्ने प्रतिवद्धता जनाएका छन् ।